मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तनहुँ र म्याग्दीमा भित्र्याउने बेलाको धान बालीमा वर्षाले क्षति

दमौली– सोमबारको भीषण वर्षाका कारण तनहुँका विभिन्न ठाउँमा भित्र्याउने बेला भएको धानमा क्षति भएको छ ।

जिल्लाका दश वटै पालिकाका विभिन्न ठाउँमा वर्षाले धानमा क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । सबै स्थानमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ । केन्द्रका सूचना अधिकारी किरण परियारका अनुसार वर्षाका कारण भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ । यो वर्ष जिल्लामा आठ हजार हेक्टरमा धान रोपिएको थियो । 

यहाँ राधा, सावित्री रामधान, सुगन्ध मसिनो, अनदी, सुनौलो सुगन्ध, मकवानपुरलगायत धानखेती हुने गरेको केन्द्रले जनाएको छ । गत वर्ष जिल्लामा ३३ हजार दुई सय ८० मेट्रिक टन वर्षे र सात हजार नौ सय ३८ मेट्रिक टन चैते धान उत्पादन भएको थियो ।

जिल्लाका तनहुँसुर, सेपाबगैंचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगेलगायत क्षेत्र धान खेतीका लागि प्रख्यात मानिन्छन् । तनहुँमा खेतीयोग्य जमिनको क्षेत्रफल ६५ हजार ६१ हेक्टर छ ।

एकाउन्न हजार पाँच सय १० क्षेत्रफलमा मात्र विभिन्न खेती भइरहेको छ । तेह्र हजार पाँच सय ५१ हेक्टर खेतीयोग्य जमिन बाँझो छ यसैबीच, सोमबार र मङ्गलबारको वर्षाले म्याग्दीका विभिन्न क्षेत्रमा वर्षाका कारण थन्क्याउने तयारी भएको धानमा क्षति पुगेको छ ।

वर्षाले खेतमा काटेर सुकाएको धानको निहिन र पराल डुबाएको किसानले बताएका छन् । जिल्लाका रघुगङ्गा, मालिका, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाका अधिकांश स्थानका किसानले तिहार सकिए लगत्तै धान भित्र्याउने तयारी गरेका थिए ।

तिहार अघिदेखि काटेर सुकाएको धानको निहिन पानीले भिजाएपछि धान खेतमा नै मक्किएको र दाना कालो देखिएको रघुगङ्गा–३ का किसान वेलबहादुर दर्जीले बताउनुभयो । यही कात्तिक ६ गते साँझ पनि म्याग्दीका विभिन्न क्षेत्रमा असिनापानीले धानखेतमा ठूलो क्षति भएको थियो ।

असिनापानीले बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वारा र तमानेमा तीन सय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट भएको थियो ।

बेनी नगरपालिका वडा नं २ का वडासदस्य चन्द्रकान्त रिजालका अनुसार असिनापानीले खेतमा पाक्नै लागेको धानबालीमा २५ देखि ८० प्रतिशतसम्म क्षति पुर्‍याएको छ भने कोदोबालीमा पनि ५० प्रतिशत क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?