चिसो पानीले नुहाउनुको मज्जा नै बेग्लै हुन्छ । तातो पानीले नुहाउँदा नुहाउन्जेल शरीर तातो त हुन्छ तर नुहाइसकेपछि शरीर काम्न थाल्छ । भन्नाले तातो पानीले नुहाउँदा शरीर न्यानो रहन्छ भन्ने होइन ।
यसकारण धेरै मानिसहरू चिसो पानीले नुहाउन मन पराउँछन् । चिसो पानीले नुहाउने सम्बन्धमा मानिसहरूको फरक फरक धारणा हुन सक्छ ।
कोही चिसो पानीले नुहाउनु हुँदैन भन्छन् भने कोही चिसो पानीले नुहाउनुका फाइदा अचम्मका छन् भनेर पनि भन्छन् ।
आज हामी तपाईँहरूलाई चिसो पानीले नुहाउँदाका फाइदाहरूको विषयमा जानकारी गराउँछौ ।
– मानसिक स्वास्थ्यमा सुधार
चिसो पानीले नुहाउनु मानसिक स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । यसले तनाव र चिन्ता कम गर्छ र मानसिक स्पष्टता बढाउँछ ।
– शारीरिक ऊर्जामा वृद्धि
चिसो पानीले शरीरलाई ऊर्जा प्रदान गर्न मद्दत गर्छ । चिसो पानीले नुहाउँदा रक्तसञ्चार प्रणाली सक्रिय हुन्छ, जसले ताजापन र ऊर्जा दिन्छ ।
– प्रतिरक्षा प्रणाली बलियो बनाउँछ
नियमित रूपमा चिसो पानीले नुहाउँदा रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । यसले शरीरलाई ज्वरो, चिसो र अन्य रोगसँग लड्न मद्दत गर्छ ।
– तौल घटाउन मद्दत गर्छ
चिसो पानीले नुहाउँदा शरीरको मेटाबोलिजम बढ्छ, जसले तौल घटाउन मद्दत गर्छ ।
छाला र कपालका लागि फाइदाजनक
चिसो पानीले छालालाई कसिलो र चम्किलो बनाउँछ । कपालको क्यूटिकल बन्द गरेर यसले कपाललाई बलियो र चम्किलो बनाउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया