मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अफगानिस्तानमा दादुराका केसहरू बढ्दै

काठमाडौँ – अफगानिस्तानमा सन् २०२४ मा दादुराका केसहरू बढ्दै गएको छ । यहाँ छ हजार केस पत्ता लागेका देशको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ ।

“सन् २०२४ मा १० हजार शङ्कास्पद दादुराका घटनामध्ये लगभग छ हजार मानिसमा दादुरा देखा परेको छ । यो सन् २०२३ को तुलनामा वृद्धि भएको हो”, मन्त्रालयका प्रवक्ता शराफत जमान अमरखिलले भने ।

उक्त रोगको प्रकोप रोक्न मन्त्रालयले देशभर दादुरा खोप अभियान सञ्चालन गर्ने योजना बनाएको अमरखिलले जानकारी दिए ।

दादुराबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय खोप हो । दादुरा भाइरसबाट लाग्ने अत्यन्तै सङ्क्रामक रोग हो । सङ्क्रमित व्यक्तिले सास फेर्दा, खोक्दा वा हाच्छिउँ गर्दा यो सजिलै फैलिन्छ ।

दादुराबाट सङ्क्रमित व्यक्तिले आफूसँग नजिकको सम्पर्कमा आएका १० जनामध्ये खोप नदिइएका नौ जनालाई सङ्क्रमण गर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?