मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्यमन्त्रीद्वारा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको निरीक्षण

राजविराज ‘सप्तरी’ – स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आज निरीक्षण गरेका छन् । त्यस क्रममा उनले अस्पतालको निर्माणधीन भवनको निरीक्षण गर्दै निर्धारित समयमा काम पूरा गर्न निर्देशन दिए ।

उनलाई अस्पतालका प्रमुख श्रीराम तिवारीले अस्पतालमा उपलब्ध उपचार सेवा र जनस्वास्थ्यका क्षेत्रमा अस्पतालले निर्वाह गरेको भूमिकबारे जानकारी दिएका थिए ।

अस्पताल भवन निर्माणकर्ता कम्पनीले समयमा काम पूरा नगर्दा तेस्रो पटक म्याद थपिएको जानकारी दिँदै प्रमुख तिवारीले भवन सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या भएको गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?