मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘वुमन अफ द वल्र्ड फेस्टिभल २०२४’मा दुई दिने मास्टरक्लास हुने

काठमाडौँ– ‘वुमन अफ द वल्र्ड फेस्टिभल २०२४’मा दुई दिने फिल्म मास्टरक्लास हुने भएको छ ।

नोभेम्वर २३ र २४मा पाटनढोकास्थित यलमाया केन्द्रमा प्रसिद्ध फिल्मकर्मीहरु जेन मोटे र श्वेता भेङ्कटका साथमा मास्टरक्लास हुने आयोजकले जनाएको छ ।

मास्टरक्लासहरूले विशेष गरी महिला फिल्म निर्माताहरूलाई अझै अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने उद्देश्य राखेको छ । यसले नेपालमा फिल्म निर्माताहरूका लागि अवसरका साथै उनीहरुका कथा आदानप्रदान समेत गराउने आयोजक टोलीको भनाइ छ ।

काठमाडौँ महानगरपालिका र युनेस्कोको सहकार्यमा गरिने यस मास्टरक्लासहरुमा कला सिर्जनाहरुमा महिलाहरुलाई सबल बनाएर उनीहरुलाई अगाडि बढाउने समेत उद्देश्य राखेको छ ।

मास्टरक्लासहरू सामुदायिक विकासका लागि सांस्कृतिक र सिर्जनात्मक क्षेत्रलाई नै मध्यनजर गरिएको छ ।
दुवै मास्टरक्लासहरुका लागि सीमित सिटहरु भएकोले आवेदकहरुलाई नोभेम्बर १० सम्म आवेदन दिन आह्वान गरिएको छ ।

प्रोडक्सनले काठमाडौँ उपत्यका बाहिरबाट छानिएका चलचित्र निर्माताहरूलाई छात्रवृत्तिको अवसर पनि प्रदान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?