मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बच्चाको लागि सिरानीको प्रयोग कति सुरक्षित छ ?

काठमाडौँ– धेरैजसो नयाँ अभिभावकहरू प्रायः आफ्नो बच्चालाई सिरानी दिने कि नदिने भन्ने कुरामा अलमलमा पर्छन् ।

स्वास्थ्य विज्ञहरुका अनुसार साना बालबालिकालाई सामान्य सिरानी कहिल्यै दिनु हुँदैन । यद्यपि तपाईं आफ्नो बच्चाको टाउकोको आकार सच्याउन सक्ने सिरानी प्रयोग गर्न सक्नुहुन्छ ।

दुई वर्षको उमेर नपुग्दै बच्चालाई सिरानी दिँदा धेरै स्वास्थ्य र सुरक्षा जोखिमहरू आउन सक्छ ।

बच्चालाई किन सिरानी प्रयोग नगर्ने ?

बच्चालाई सिरानी दिँदा मुख त्यसमा दबिन सक्छ । यसले गर्दा सास फेर्न कठिन हुन्छ । यसकारण यसले बच्चामा खतरा समेत हुन सक्छ ।

घाँटी र मेरुदण्डको समस्या

नवजात शिशु र साना बच्चाहरूको घाँटी र मेरुदण्डको हड्डी धेरै कमजोर हुन्छ । सिरानी प्रयोग गर्नाले मेरुदण्डको प्राकृतिक स्थिति बदल्न सक्छ । जसले घाँटी र पछाडि समस्या आउन सक्छ ।

एलर्जीको जोखिम

सिरानीमा धुलो, ब्याक्टेरिया र किटाणुहरू जम्मा हुन सक्छ । जसले साना बच्चाहरूमा श्वासप्रश्वासको समस्या वा छालाको एलर्जी हुन सक्छ ।

असमान शारीरिक विकास
बच्चाको हड्डी र मांसपेशिहरु विकास भइरहेको अवस्थामा सिरानीले टाउकोलाई असमान स्थितिमा राखेर विकासमा बाधा पु‍¥याउन सक्छ । यसले टाउकोको आकार वा घाँटीको मांसपेशीमा समस्या निम्त्याउन सक्छ ।

बच्चाको कुन उमेरमा सिरानी प्रयोग गर्ने ?
जब बच्चा २ वर्षको हुन्छ र उसको घाँटी र मेरुदण्ड राम्रोसँग विकसित भएको अवस्थामा सानो, पातलो र नरम सिरानी प्रयोग गर्न सकिन्छ ।

कस्तो सिरानी प्रगोग गर्ने ?

–सुरुमा पातलो र नरम सिरानी छनोट गर्नुहोस् । ताकि बच्चाको घाँटी र टाउकोमा अनावश्यक दबाब नपरोस् ।

–बच्चाको लागि हाइपोएलर्जेनिक भएको सिरानी छनोट गर्नुहोस् । जसले गर्दा धुलो र एलर्जीबाट बच्न सकिन्छ ।

–बच्चाको टाउकोको आकार र ओछ्यान अनुसार सही साइजको सिरानी छनोट गर्नुहोस् ।

–बच्चाहरूको लागि सही उमेर र सही प्रकारको सिरानी छनोटले उनीहरूको निद्रा र विकास दुवैलाई फाइदा पुर्‍याउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?