मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

महिलाले एचपीभी खोप किन लगाउनैपर्छ ?

काठमाडौँ- पछिल्लो समय सरकारले महिला र किशोरीहरुलाई एचपीभी खोप लगाउन प्रोत्साहन गर्दै आएको छ । सरकारले प्राथमिकताका साथ जनचेतना जगाएर यो खोपको अभियान नै चलाइरहेको छ । महिलाहरुलाई यो खोप लगाउन अनिवार्यजस्तै गरिएको छ ।

महिलाले अनिवार्य लगाउनै पर्ने एचपीभी कस्तो खोप हो ? यो कति पटक लगाउनुपर्छ ? यसको प्रभावकारिता कस्तो छ ? यसले कस्ता रोगबाट बचाउँछ ? आज हामी यसै विषयमा जानकारी दिन गइरहेका छौँ । एचपीभी खोपबारे स्त्रीरोग विशेषज्ञ डा. बिना बस्नेतसँग जोय नेपालका लागी सुस्मिता फुयाँलले गरेको कुराकानीको सम्पादित अंश-

एचपीभी खोप के हो ?

एचपीभी अर्थात् ह्युमन प्यापुलोना भाइरस खोप पाठेघरको मुखको क्यान्सर विरुद्ध दिइने खोप हो । पाठेघरको मुखको क्यान्सर हुनमा ९० प्रतिशत भूमिका एचपीभीको हुन्छ यसकारण त्यसको विरुद्ध खोप शुरु भएको हो । मुख्यगरी यो खोपले क्यान्सरको जोखिमलाई कम गराउँछ ।

यो भाइरस (एचपीभी) सानो र सामान्य डीएनए भाइरस हो । यसले प्रायः छाला र म्युकोसल कोशिका अर्थात् शरीरका भित्री अङ्गको सतहमा हुने झिल्लीमा रहेको कोशिकामा सङ्क्रमण गर्छ ।

यो भाइरसले कसरी सक्रंमण गर्छ ?

अधिकांश मानिसहरूले भने यसको संक्रमण भएको चाल पाउँदैनन् र उनीहरूको शरीरको प्रतिरोध प्रणालीले कुनै उपचारबिना नै भाइरस सखाप पारिदिन्छ । तर उच्च जोखिमयुक्त एचपीभीले भने तन्तुहरूमा अस्वाभाविक वृद्धि गराइदिन सक्छ जसले क्यान्सर समेत हुन सक्छ ।

किन महिलाहरुले अनिवार्य लगाउनैपर्छ भनेर भनिएको हो ?

पछिल्लो समय धेरै महिलाहरु पठेघरको क्यान्सर हुने समस्याबाट ग्रसित बनिरहेका छन् । यसकारण यो समस्याको निवारण गर्न महिलाहरुले खोप अनिवार्य लगाउनैपर्छ भनिएको हो ।

यसको काम र प्रभावकारीता कस्तो छ ?

यो खोपले क्यान्सर हुनबाट शतप्रतिशत बचाउँछ ।

यो खोप लगाउने सही समय कुन हो ? कति पटक लगाउन पर्छ ?

यो खोप नौ वर्षको उमेरदेखि १३ वर्षअघि नै लगाउँदा राम्रो हो । र १३ वर्ष देखी उता भने यसको अन्य डोज तीन पटक लगाउनुपर्छ । एचपीभी खोप छ महिनाको अन्तरमा दुई डोज लगाउनुपर्ने हुन्छ ।

यो खोप सबै एकै प्रकारका हुन्छन् या फरक–फरक हुन्छ ?

यो खोपको कम्पनी फरक हुनसक्छ तर खोप र खोपको मात्रा सबै एकै हुन्छन् ।

यदि यो खोप लगाइएन भने के–कस्ता जटिलताहरु निम्तन सक्छ ?

यो खोपको मुख्य काम भनेकै क्यान्सरको प्रतिरोध गर्ने हो । यसकारण यो खोप लगाउनु भयो भने क्यान्सर जस्तो प्राणघातक रोगसँग बच्नुहुनेछ । र यदि खोप लगाउनु भएन भने तपाईलाई क्यान्सरको जोखिम रहन्छ । यसैले खोप लगाउनुहोस् सुरक्षित रहनुहोस् ।

नेपाली महिलाको सबैभन्दा बढीमा देखिने स्वास्थ्य सम्बन्धी समस्यामध्ये एक पाठेघरको मुखको क्यान्सर हो । त्यसैले नेपाल सरकारले यो खोपबारे जनचेतना फैलाउन पनि आवश्यक छ । यो खोपबारे शिक्षितहरुमा समेत जनचेतना कमी छ । खोपको प्रभावकारीताबारे गरिएका रिसर्च, तथ्यहरु क्यान्सर सम्बन्धी हुने गोष्ठी, छलफलमा चर्चा हुन थालेकाले पछिल्लो समय सचेतना विस्तारै फैलिरहेको छ ।

यो खोप १३ वर्ष अगावै लगाउनुपर्छ भनिनुको तात्पर्य के हो ?

यो खोप ९ देखि १४ वर्ष उमेर समूहका बालिकाहरुलाई लक्षित गरिएको छ । यसरी निश्चित उमेर तोकिनुको कारण यौन क्रियाकलापमा सहभागी हुनुभन्दा अगाडि नै यो खोप दिनुपर्ने भएकाले उमेर समूह तोकिएको हो । किनभने यो भाइरस यौनसम्पर्कबाट सर्छ ।

तर यौन सम्पर्क नगरेको अवस्थामा २५– २६ वर्ष उमेर सम्मका युवतीलाई खोप लगाउन सकिन्छ । अर्को कुरा यो खोप नेपालको मात्रै नभएर विश्वका बालिकहरुलाई लक्षित गरेर उत्पादन गरिएको हो । विकसित राष्ट्रहरुमा युवतीहरु चाँडै यौन क्रियाकलापमा सहभागी हुने सम्भावना भएकाले ९ वर्षदेखि १४ वर्ष तोकिएको हो ।

एचपीभी खोप लगाइसकेपछि पनि महिलाहरूले परीक्षण गर्नुपर्छ ?

यो खोपले पाठेघरको मुखको क्यान्सरलाई निकै हदसम्म रोके पनि यसले सबै प्रकारका एचपीभीबाट जोगाउँदैन । त्यसैले २५ वर्षको उमेर भइसकेका महिलाहरूले यसको नियमित परीक्षण गराउनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?