काठमाडौँ– आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । हालसम्मकै उच्च मूल्यमा पुगेका सुन तिहारपछिको पहिलो कारोबार हुँदा तोलामा २ हजार ८०० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार २०० रुपैयाँ कायम भएको हो । तिहार अघिको कारोबार अर्थात् कात्तिक १५ गते सुनको मूल्य तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । यो हालसम्मकै उच्च मूल्य हो ।
आज चाँदीको मूल्य पनि घटेको छ । कात्तिक १५ गते तोलामा २ हजार ९० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर २ हजार ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया