काठमाडौँ– ‘दृश्यम’ स्टार अजय देवगनका भतिजा अमन देवगन ‘आजाद’ बाट बलिउडमा डेब्यु गर्न लागेका छन् । फिल्ममा उनीसँगै अभिनेत्री रविना टण्डनकी छोरी राशा थडानी पनि देखिनेछिन् ।
यसैबीच अजय देवगनले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै ‘आजाद’ को टिजर कहिले रिलिज हुने जानकारी दिएका छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा आगामी फिल्म ‘आजाद’ को पोस्टर सेयर गर्दै अजय देवगनले भतिजा अमन देवगनको फिल्मको टिजर कहिले रिलिज हुने भनी फ्यानलाई जानकारी दिएका हुन्।
उनले क्याप्सनमा लेखेका छन्, ‘जब पनि मित्रता र वफादारीको कुरा आउँछ, कुरा ‘आजाद’ को बारेमा मात्र हुनेछ। फिल्मको टिजर आज सार्वजनिक हुँदै छ। फिल्म रिलिजसँगै यो जनवरी २०२५ मा ठूलो पर्दामा उत्साह हुनेछ । साक्षी बन्नुहोस्।’
फिल्मलाई अभिषेक कपुरले निर्देशन गरेका हुन् । जसमा राशि थडानी र अमन देवगन मुख्य भूमिकामा देखिनेछन् । अभिषेकलाई सफल निर्देशक मानिन्छ । उनले ‘रकन’, ‘केदारनाथ’ र ‘चंडीगढ करे आशिकी’ जस्ता फिल्महरू मनोरञ्जन जगतलाई दिएका छन् ।
निर्माण पक्षले भर्खरै फिल्मको नाम सार्वजनिक गर्दै फ्यानहरूलाई झलक दिएको छ । थ्रिलर फिल्म अमन देवगन र राशि थडानीको ठूलो डेब्यू हो। रोनी स्क्रूवाला र प्रज्ञा कपूरद्वारा निर्मित ‘आजाद’ले राम्रो मनोरञ्जनको प्रतिज्ञा गरेको छ। ‘चंडीगढ करे आशिकी’ पछि अभिषेकको यो पहिलो फिल्म हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया