मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गाईबाच्छा संरक्षण र आहारा जुटाउनको लागि देउसीभैलो

काठमाडौँ – गाईबाच्छा संरक्षण लागि खेलिएको देउसीभैलोबाट रु दुई लाख ४४ हजार तीन सय १६ सङ्कलन भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको करिब एकसय रोपनी क्षेत्रफलमा सडकमा छाडिएका गाईबाच्छाको संरक्षण गरिएको छ । दुई सयको संख्या .मा संरक्षण गरिएको गाईबाच्छाका आहारा जुटाउन देउसीभैलो खेलिएको थियो ।

देउसीभैलोबाट नगद बाहेक पिठो २० बोरा, दाना पाँच बोरा प्राप्त गरेको गाईबाच्छा संरक्षण अभियन्ता भगवान् पुडासैनीले जानकारी दिए। देउसीभैलोमा तीन जनाले आजीवन सदस्यता लिएका छन् । आजीवन सदस्यताबाट रु दुई लाख ५९ हजार तीन सय १६ जम्मा भएको छ ।

गाईबाच्छा संरक्षण अभियान स्वयंसेवी अभियान हो । यस अभियानमा आबद्धले काठमाडौँ उपत्यकाका सडकमा छाडिएका गाईबाच्छाको उद्धार गरी पुनःस्थापना गर्दै आएका छन् । अभियानका लागि कागेश्वरी मनोहरा नगरपालिकाले पशु एम्बुलेन्ससमेत उपलब्ध गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?