मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कागती धेरै प्रयोग गर्दा यी बेफाइदा पनि हुनसक्छ

कागती भिटामिन सी, पोटासियम तथा फाइबर लगायतका पौष्टिक तत्त्वहरूको भण्डार हो । यो मानव स्वास्थ्यका लागि निकै लाभदायी छ ।

कागतीलाई विभिन्न स्वरूप र प्रकारमा खाइन्छ । चाहे पानीमा हालेर होस् वा चियामा, अनि तरकारी वा खानामा र अचार बनाएर ।

सरीरको वजन कम गर्ने वा सरीरबाट विषाक्त पदार्थ निष्कासन गर्नमा सहयोग गर्ने हुनाले कागती पानी अर्थात हट लेमन खाने बानी धेरैको हुन्छ । 

कतिपयले अलिक बढी नै कागती पानी पिउने गरेको पाइन्छ र जति धेरै खायो उति नै फाइदा हुन्छ भन्ने मानसिकता रहेको पनि पाइन्छ । तर धेरै खाएमा गुड पनि तितो हुन्छ भन्ने उखान झैँ कागती पानीको अत्यधिक सेवन स्वास्थ्यका लागि फाइदाजनक हुँदैन ।

पेट खराब हुने : यदि तपाईँले दैनिक कागतीको रस वा अमिलोको अत्यधिक सेवन गर्नुहुन्छ भने तपाईँको पेट खराब हुन सक्छ, किनभने कागतीमा एसिडको मात्रा धेरै हुन्छ । हाम्रो पेटले त्यसलाई पचाउन सक्दैन र पेट दुख्ने, उल्टी आउने सम्भावना हुन्छ ।

दाँत झन्झनाउने : माथि नै भनियो कि कागतीमा हुने सिट्रस एसिडले दाँतलाई असर गर्छ । यदि तपाईँलाई कागती पानी पिउन छ भने सकभर स्ट्रले पिउने गर्नुहोस् । यसो गर्नाले कागती पानीले दाँतलाई छुन सक्दैन । अन्यथा दाँतमा तातो चिसो लाग्ने वा झन्झनाहट हुने समस्या हुन सक्छ ।

डिहाइड्रेसन : कागती पानी पिउनाले बारम्बार पिसाब आउने समस्या हुन्छ, जसले शरीरमा पानीको कमी हुन सक्छ र डिहाइड्रेसन हुन्छ ।

माइग्रेन र टाउको दुख्ने : कागती धेरै सेवन गर्नाले लगातार टाउको दुख्ने र माइग्रेनको समस्या पनि हुन सक्छ । यसमा पर्याप्त मात्रामा एमिनो एसिड हुन्छ जसले हाम्रो दिमागमा रक्तप्रवाहलाई अचानक तेज बनाइदिन्छ । यसैकारण धेरै टाउको दुख्ने र माइग्रेन हुन सक्छ ।

मिर्गौला र पित्ताशयको थैलीको समस्या :  कागतीमा अक्सलेट पनि हुन्छ, जुन धेरै सेवन गर्नाले शरीरमा गएर पत्थर बन्न सक्छ । यस्तो क्रिस्टलाईज अक्सलेटले मिर्गौला र पित्ताशयको थैलीमा स्टोनको रूप लिन सक्छ ।

छाला डढ्ने :  हुन त हामी कागतीलाई सुन्दरताको लागि प्रयोग गर्छौँ तर कागतीको अत्यधिक प्रयोगले हाम्रो छालामा सनबर्नको समस्या पनि हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?