नयाँ दिल्ली– भारतको धनाढ्य समूह अदानी पावरले बङ्गलादेशलाई विद्युत् महसुल तिर्न चार दिनको समय दिएको छ ।
अदानीको सो कम्पनीले बङ्गलादेशको बिजुली आपूर्ति आधा गरिसकेको छ। समूहको कम्पनी अदानी पावर झारखण्ड लिमिटेड (एपीजेएल) ले ८४ करोड ६० लाख डलर (लगभग ७ हजार ११८ करोड रुपैयाँ) को बक्यौता नतिरेको कारण यस्तो कदम चाल्ने जनाएको हो ।
बङ्गलादेश पावर ग्रिडको तथ्याङ्क अनुसार एपीजेएलले बिहीबार रातिदेखि विद्युत् आपूर्तिमा कटौती गरिसकेको छ । सो कटौतीका कारण बङ्गलादेशमा एकै रातमा १६ सय मेगावाटभन्दा बढी विद्युत् अभाव भएको छ ।
१ हजार ४९६ मेगावाटको बङ्गलादेशी प्लान्ट अहिले ७०० मेगावाटमा सञ्चालित छ । तर, बङ्गलादेश भने भुक्तानी बक्यौता भएकाले कम्पनीले शुल्क बढाएको जनाएको छ ।
बङ्गलादेश विद्युत् बोर्डले पुरानो बिल तिरेको बताएको छ तर जुलाईदेखि अदानीको शुल्क हरेक हप्ता २२ मिलियन डलरभन्दा बढी पुगेको छ । पिबिडीले करिब १८ मिलियन डलर तिरेको छ, जबकि बाँकी रकम बढ्दै गएको छ ।
अदानी पावरले अप्रिल २०२३ देखि बङ्गलादेशलाई बिजुली बेच्दै आएको छ । अदानी पावर लिमिटेड (एपिएल) ले १० अप्रिल २०२३ देखि आफ्नो पावर प्रोजेक्ट मार्फत बङ्गलादेशमा बिजुली निर्यात गर्न थालेको हो।
सन् २०१७ मा कम्पनीले गोड्डा पावर प्लान्टबाट बङ्गलादेशमा २५ वर्षका लागि विद्युत् खरिद सम्झौता अन्तर्गत बिजुली आपूर्ति गर्ने सम्झौता गरेको थियो ।
सो प्लान्ट साढे तीन वर्षमा सञ्चालनमा आएको थियो । गत वर्ष तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई भेटे पछि गौतम अदानीले ट्वीटरमा उक्त तस्वीर सेयर गरेका थिए ।
उनले लेखेका थिए, ‘१६०० मेगावाटको अल्ट्रा सुपर क्रिटिकल गोड्डा पावर प्लान्टको फुल लोडको सुरुवात र हस्तान्तरणमा बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनालाई भेट्न पाउँदा म सम्मानित छु। म भारत र बङ्गलादेशका समर्पित टोलीहरूलाई सलाम गर्दछु, जसले कोभिडको सामना गरे पनि साढे तीन वर्षको रेकर्ड समयमा प्लान्ट सञ्चालनमा ल्याउन सफल भए ।
अदानी समूहको थर्मल पावर उत्पादन गर्ने कम्पनी अदानी पावरले आर्थिक वर्ष २०२४–२५ को दोस्रो त्रैमासिकमा ३,२९८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६ हजार ५९४ करोड रुपैयाँ नाफा कमाएको थियो ।
परिचालन राजस्वको कुरा गर्दा यो कम्पनीले जुलाई–सेप्टेम्बर त्रैमासिकमा १३, ३३९ करोड रुपैयाँ थियो। वार्षिक आधारमा ३ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०२३–२४ को दोस्रो त्रैमासिकमा कम्पनीले १२,९९१ करोड रुपैयाँ राजस्व आर्जन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया