मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के हो शिरोधारा ? यस्ता छन् फाइदा

शिरोधारा आयुर्वेदिय पञ्चकर्म विज्ञान अन्तर्गत पर्ने लोकप्रिय सुखचिकित्सात्मक उपचार विधि हो । निधार वा शिरमा निरन्तर स्नेहन द्रव्य धारा दिएर गरिने उपचार भएकाले यसलाई शिरोधारा भनिएको हो ।

रोगावस्थ वा रोगीको प्रकृति हेरेर तेल, घ्यु, दूध, मोही, , वा सादा पानी जस्ता पदार्थलाई सिधै अथवा आयुर्वेयिदय औषधिहरू मिलाएर शिरोधारा दिइन्छ ।

स्वस्थ्य व्यक्तिको लागि भने औषधिय द्रव्य नराखीकन सादा तेल (तिल, लेभेन्डर, वदाम) को धारा दिइन्छ । शिरोधारा यस्तो उपचार विधि हो, जसले जीवनका यी तीनै पक्षलाई पूर्नताजगी गराएर रोगबाट निरोग र निरोगबाट स्वस्थ्य बनाउँछ ।

फाइदाहरु

विविध रोगहरू जस्तै आँखाका समस्या, पिनास, माइग्रेन, एलर्जीक राइनाइटिस, कपाल फुल्ने, निन्द्रा नलाग्ने, तनाव, चिन्ता, भय,उदासीनता, स्मृतिनास, कान वज्ने, रिंगटा लाग्ने, श्रवण शक्तिको क्षय जस्ता समस्यामा अत्यन्त लाभदायक छ ।

मनोशारीरिक रोगहरू जस्तै उच्च रक्तचाप, मधुमेह, प्रमेह, स्वरियसिस, दम आदिमा फाइदा पुर्‍याउँछ । तनावबाट मुक्ति, शान्तिको महसुस र आनन्दको अनुभूति गर्नेहरूले शिरोधारालाई प्राथमिकताका साथ छनोट गरेको पाइएको छ ।

यसले शरीर, आत्मा र मनको पूनर्ताजगी गराइ आध्यात्मिक शक्तिको जागरण, एकाग्रता,ध्यान, लय, स्मृति र प्रखर सम्भाषण जस्ता चित्त शक्तिलाई बढाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?