काठमाडौँ – इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले एस्टन भिल्लालाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा टोटनह्यामले एस्टन भिल्लालाई ४-१ गोल अन्तरले पराजित गरेको छ ।
टोटनह्यामको जितमा डोमिनिक सोलांकेले २ गोल गरेका थिए भने ब्रेनान जोन्सन र जेम्स माडिसनले एक एक गोल गरेका थिए । त्यस्तै एस्टन भिल्लाका लागि एक गोल मोर्गन रोजर्सले गरेका थिए ।
यो जितपछि टोटनह्यामको १० खेलमा १६ अंक हासिल गरेको छ र लिगमा सातौं स्थानमा रहेको छ । त्यस्तै एस्टन भिल्लाको यो हारपछि १० खेलमा १८ अंक रहेको छ र लिगमा छैटौँ स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया