मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कसरी प्राप्त गर्ने घामबाट भिटामिन डी ?

काठमाडौँमा बस्ने हरेक पाँचमध्ये चार जनामा भिटामिन डी को कमी हुने गरेको अनुसन्धानले देखाएको छ। 

नेपालका अधिकांश ग्रामीण ठाउँमा भिटामिन ‘डी’ भएका खाना नै नपाइने, साथै युरोप तथा अमेरिकामा जस्तो थुप्रै खाद्यपदार्थमा भिटामिन डी थपेर मात्र बेच्न पाइने बाध्यता नेपालमा छैन। यस्ता थुप्रै कारणले हामीमा भिटामिन डीकाे कमी हुँदै गएको छ। 

भिटामिन डीका लागि बिहानको घाम सबै भन्दा उत्तम छ भन्ने मान्यता पनि पाइन्छ। तर बिहानको घाममा भिटामिन डी एकदमै न्यून पाइने अनुसन्धानले देखाउँछ।

भिटामिन डीका लागि दिउँसो १२ को घाम प्रभावकारी मानिन्छ तर, सो समयको घामले चाँडै डढाउन सक्ने भएकाले त्यसबाट बच्नुपर्छ। तर डढाउँछ भनेर ‘सनस्क्रिन क्रिम’ वा लोसन लगाएर भने कहिल्यै घाम ताप्न हुँदैन।

सामान्यतः पूरै डढ्ने गरी घाम ताप्नु हुँदैन। तर हप्ताको एक दिन नडढ्ने गरी घाम ताप्न सकिन्छ। काठमाडौँमा एक घण्टा घाम ताप्दैमा आम मान्छे डढ्दैन। 

गोरो वर्ण वा सेतो छाला भएका मानिसले घाम ताप्दा यूभी बी किरणले गर्दा कोषहरू मर्ने र चाँडै डढ्ने हुन्छ। त्यति मात्र होइन, ती व्यक्तिहरूलाई अत्यधिक यूभी बीले गर्दा छालाको क्यान्सर हुने सम्भावना पनि बढी हुन्छ।

प्रदूषणयुक्त वातावरण, बादल लागेको बेला र सिसाबाट पनि यूभी बी किरण छिर्न सक्दैनन्। यसर्थ घाम ताप्दा कपडा खोलेको नांगो छाला र प्रत्यक्ष सूर्यको किरणमुनि बस्न जरुरी छ।

घाम ताप्नै नसक्ने व्यक्तिले भिटामिन डी औषधी खान पनि सक्नुहुन्छ। चिकित्सकको सल्लाहअनुसार दैनिक, हप्ता तथा महिनामा एक पटक खाने वा इन्जेक्टेबल्स पनि प्रयोग गर्न सकिन्छ। 

तर, भिटामिन डी औषधीले घामको काम गर्ने होइन। घामका थुप्रै फाइदा छन्। तर, भिटामिन डी खाँदा एउटा मात्र फाइदा हुन्छ। त्यो हो, भिटामिन डीको सप्लिमेन्टेसन। त्यसकारण भिटामिन डी औषधीले घामको होइन, भिटामिन डीको परिपूर्ति मात्र गर्छ।

भिटामिन डी लिने तरिका

भिटामिन डी औषधी खाने सही तरिकाबारे बिरामीलाई थाहा नहुन सक्छ। यसबारे कतिपय डाक्टरहरूलाई पनि थाहा छैन। 

यो भिटामिन चिल्लोमा मात्र घुल्न सक्ने भएकाले चिल्लो पदार्थसँग खाएनौँ भने शरीरले ग्रहण नगर्न पनि सक्छ। खाली पेटमा पानीसँग औषधी खाँदा शरीरको भिटामिन घटेर जान सक्ने हुन्छ।

बाक्लो तर भएको दूध, दही अथवा घिउ आदि चिल्लो पदार्थसँग औषधि खाँदा मात्रै शरीरले राम्ररी भिटामिन डी ग्रहण गर्न सक्छ। यो चिल्लो खानापछि पानीसँग समेत खान सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?