मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

किन बढ्दो छ महिलामा पाठेघरको क्यान्सर ?

केही वर्षयता अधिकांश महिला पाठेघर सम्बन्धी समस्याले ग्रसित छन् । पाठेघरको क्यान्सर भएर धेरै महिलाहरुले अकालमै ज्यान गुमाउनु परिरहेको अवस्था छ । महिलाहरुले  पाठेघरमा मासु पलाएको, फोका आएका, घाउ भएको, ट्युमर पलाएको, पाठेघर खसेको, उच्च रक्तश्रावलगायतका विविध समस्याको सामना गरिरनुपरेको छ ।

‘पाठेघरको समस्या किन बढिरहेको’ भन्ने चिन्ताको विषय हो । शिक्षित र आधुनिक रुपमा समाज अगाडि बढिरहँदा पनि महिलाहरु यस्ता समस्याबाट किन पीडित बनिरहेका छन् ?, के कस्ता कमजोरी र लापरवाहीका कारण यस्तो स्वास्थ्य समस्या मौलाइरहेको छ त?, के कारणले यस्तो समस्या भइरहेको छ र यसमा समाधान र उपचार के हो लगायतका विषयमा स्त्रीरोग विशेषज्ञ डा. मीना प्रधानसँग जोय नेपालकर्मी सुस्मिता फुयाँलले गरेको कुराकानीको सम्पादित अंश:

पाठेघरमा समस्या हुनु भनेको कस्तो अवस्था हो ?

पाठेघरमा समस्या हुँदा मुख्य पाठेघरको मुखमा रातो घाउ पिप  देखापर्छ र पाठेघरमा दहीजस्तो फोहोर चीज पनि देखिन्छ । यस्तो समस्या विभिन्न ब्याक्टेरियाको कारण हुन्छ । ब्याक्टेरियाले रगत मासु खान्छ र पिप निकाल्छ । यो निको हुँदैन र फैलिँदै जान्छ ।

के कारणले पाठेघरको मुखमा घाउ हुन्छ ?

यो एक यौन रोग हो । पाठेघरको मुखमा घाउ हुने मुख्य कारण भनेको यौनक्रियाकलाप नै हो । धेरै सेक्स पार्टनरहरु बनाउने र यौन व्यवसायमा लाग्नेहरुमा यो समस्या देखापर्छ । यस्ता व्यक्तिहरुमा सेतो पानी बग्ने, चिलाउने, दुर्गन्धित गन्ध आउने समस्या हुन्छ ।

पाठेघरमा समस्या हुँदा के–कस्ता लक्षण देखा पर्छन् ?

तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनी चिलाउने, शारीरिक सम्पर्कपछि दुखाइ हुने, पोल्ने, ढाड दुख्ने जस्ता लक्षण देखिए पाठेघरमा समस्या त भएन भनेर चिकित्सकसँग परामर्श गर्नुपर्छ ।

यस्तो समस्याबाट कसरी बच्ने ?

यो एक यौनरोग हो । यस कारण पार्टनहरु पनि अनुशासित भएर बस्नुपर्छ । एकभन्दा बढी व्यक्तिसँग शारीरिक सम्बन्ध बनाउनु हुँदैन । शरीरमा पानीको कमी भयो भने पनि यस्तो समस्या निम्तन्छ । यसकारण दिनमा तिन लिटर पानी अनिवार्य पिउनुहोस् । पानी पर्याप्त खायौं भने यस्ता रोगहरु पनि पखालिएर जान्छ । शरीरमा प्रोटिन डाइट, न्युट्रिसन डाइटको मात्रा पुर्‍याउनुपर्दछ । यौनाङ्गको सरसफाइ अर्को मुख्य कुरा हो । त्यस्तै भित्री वस्त्र पनि घाममा सुकाएर मात्र लगाउनुपर्छ । यसैगरी महिनावारीको समयमा पटक–पटक प्याडहरु परिवर्तन गरिरहनुपर्छ । लामो समयसम्म एकै प्याडको प्रयोग गर्दा पनि यौनाङ्गमा समस्या सिर्जित हुनसक्छ ।

यस्तो समस्याको उपचार विधि के छ ?

सुरुमा चिकित्सकले भिडियो एक्स–रे र रगत परीक्षण गर्नुपर्छ । पाठेघरको मुखको पानी जाँच पनि गर्नुपर्छ । पाठेघरको मुखको पानी जाँच गर्नुको कारण भनेको भाइरसको कारणले हो या ब्याक्टेरियाको कारण हो भनेर पत्ता लगाउन हो । यदि ब्याक्टेरियाको कारण रैछ भने पाठेघरको मुखको पानीमा परिवर्तन देखिँदैन तर भाइरसको कारणले हो भने ‘प्यापिलोमा’ भन्ने भाइरस हुन्छ र क्यान्सर गराउन सक्छ ।

यद्यपि पाठेघरमा घाउ हुनसाथ क्यान्सर हुन्छ भन्ने होइन । यदि पाठेघरमा घाउ भएको ८–१० वर्ष भइसकेको छ र उपचार गरिएन भने क्यान्सर विकास हुनसक्छ र यो फैलिएर पाठेघरमा मात्रै नभएर ट्युब, किड्नी, लिभर, पिसाब थैलीलगायत विभिन्न ठाउँमा फैलिएर जान्छ । यसकारण यसमा सचेत भएर बेलैमा उपचार गराउनुपर्छ ।

अन्त्यमा, पाठेघर हुन नदिन कस्तो शतर्कता अपनाउन सुझाव दिनुहुन्छ ?

नेपालमा पछिल्लो समय धेरै महिलाहरु पाठेघरको क्यान्सर हुने समस्याले पीडित बनेका छन् । यसकारण यस्तो समस्याबाट बच्न जो महिलाहरु सेक्सुअल्ली रुपमा सक्रिय भइसक्नु भएको हुन्छ र महिनावारी सुकिसकेपछि पनि कम्तिमा वर्षमा एकपटक पाठेघरको जाँच अनिवार्य गराउनुपर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?