काठमाडौँ- भारतले घरेलु मैदानमा २५ वर्षपछि टेस्ट सिरिजका सबै खेल हारेको छ । न्यूजिल्याण्डविरुद्धको तेस्रो टेस्टमा भारत २५ रनले पराजित भयो । यससँगै भारतले घरेलु मैदानमा टेस्ट सिरिज ३–० ले हारेको हो ।
यस अघि भारत सन् १९९९–२००० मा दक्षिण अफ्रिकासँग टेस्ट सिरिज २–० ले हारेको थियो ।
यस टेस्टमा न्यूजिल्याण्डले पहिलो इनिङमा २ सय ३४ रन बनाएको थियो भने भारतले २ सय ६३ रन बनाएको थियो । त्यसपछि न्यूजिल्याण्डले दोस्रो इनिङगमा १ सय ७४ रन बनाएपछि भारतले १ सय ४७ रनको लक्ष्य पाएको थियो ।
१ सय ४७ रनको लक्ष्य पछ्याएको भारत १ सय २१ रनमा अल आउट भएपछि न्यूजिल्याण्ड २५ रनले विजयी भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया