काठमाडौँ– हामीमध्ये अधिकांश चियाको क्रेजी छौँ । चियाप्रेमीहरु बिहानदेखि बेलुकासम्म हरेक समय चिया पिउन आतुर हुन्छन् । यदि चिया पनि ठिक मात्रामा मात्रै पिउँदा यसले तपाईको स्वास्थ्यमा कुनै पनि असर गर्दैन । यदि तपाई गलत समयमा चिया धेरै पिउनुहुन्छ भने असर गर्छ । यस्तैमा बिहान खाली पेटमा पनि चिया पिउनुभयो भने पनि समस्या हुन्छ ।
यदि तपाई बिहान खाली पेटमा चिया पिउनुहुन्छ भने सँगै जे भएपनि खानुहोला । ओछ्यानबाट उठ्ने बित्तिकैभन्दा पनि करिब एक घण्टा पछि चिया पिउनु राम्रो हुन्छ । चिया पिउनुभन्दा पहिले पानी पिउनुहोला । यसले तपाईँको शरीरमा पानीको कमीको रिस्क कम हुन्छ ।
बिहान खाली पेटमा चिया पिउँदा हुन सक्छ यस्ता समस्याहरु
पेटको लागि हुन सक्छ
यसले तपाईले खाली पेटमा चिया पिउनुहुन्छ भने यसले धेरै बेफाइदा गर्छ । यसले तपाईलाई एसिडिटि, ग्याँस, पेट फूल्ने र अपचजस्ता समस्याहरु हुने गर्छ । यदि पेटको समस्या छ भने भुलेर पनि कहिल्यै खाली पेटमा चिया नपिउनु होला । एसिडिटीको समस्या भएकाले बिहान खाली पेटमा चिया पिउँदा थप असर गर्न सक्छ ।
दाँतमा किरा लाग्ने समस्या
यदि तपाई बिहान बिहानै खाली पेटमा चिया पिउनुहुन्छ भने यसले तपाईको मुखमा पनि असर गर्छ । चियामा प्राकृतिक एसिड हुने गर्छ । यसले गर्दा दाँत सड्नेलगायतको समस्या हुने गर्छ । यसका साथै मुखमा गन्ध आउने समस्या पनि हुन्छ । चियामा ट्यानिक एसिड हुने गर्छ । यसले गर्दा दाँत पहेँलो वा भद्दा पनि हुन्छ । यदि बच्चाहरुमा सानैदेखि यस्तो बानी परेको छ भने यसले पनि थप समस्या हुन सक्छ ।
आइरन र क्याल्सियममा कमी
सधैँ खाली पेटमा चिया पिउँदा शरीरमा आइरन र क्याल्सियमको कमी हुन्छ । चियामा ट्यानिस हुने भएकाले शरीरमा आइर र क्याल्सियमको कमी हुन्छ । यसले शरीरमा कमजोरी, थकान र चक्करको समस्या हुन्छ । यसका साथै क्याल्सियममा फरक फरक समस्या र रोगहरु पनि हुन सक्छ ।
क्यान्सरको समस्या बढ्ने
तपाईँ चियाको शौखिन हुनुहुन्छ भने यसलाई तुरुन्तै बदल्नुहोला । किनकि चियाको लतबाट तपाईलाई क्यान्सरको समस्या बढ्न सक्छ । बिहान खाली पेटमा चिया पिउँदा पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा बढ्छ । अरु समयभन्दा पनि बिहान खाली पेटमा चिया पिउँदा यो समस्या हुने गर्छ । त्यसैले तपाईको पनि यस्तै बानी छ भने समयमा सुधार्न चिकित्सकको सुझाव छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया