काठमाडौँ – नेपाल आईसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकासँग पराजित भएको छ । यस खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको हो ।
अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछाएको नेपालले ४९.४ ओभरमा अल आउट हुँदै २४४ रन बनाएको थियो ।
यसअघि पहिला ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाउँदै २८१ रन बनाएको थियो ।
यो जितपछि अमेरिका लिग-२ को शीर्ष स्थानमा उक्लिएको छ । अमेरिकाको १२ खेलमा १६ अंक भएको छ । त्यस्तै नेपालको भने ११ खेलमा केवल ५ अंक छ ।
अब नेपालले सिरिजको अर्को खेल सोमबार स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया