मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साहित्यकार चालिसेलाई ‘व्यथित साहित्य सम्मान’ प्रदान गरिने

काठमाडौँ- साहित्य सदन नेपालले साहित्यकार केदारमान व्यथितको नाममा स्थापित यस वर्षको ‘व्यथित साहित्य सम्मान’ साहित्यकार विजय चालिसेलाई प्रदान गर्ने भएको छ । चालिसे विभिन्न साहित्यक संस्थामासमेत सक्रिय छन् ।

रमेश विकलको सम्झनामा स्थापित प्रतिष्ठानमा उनी महासचिव र भैरव अर्यालको नाममा स्थापित भैरव पुरस्कार गुठीमा उपाध्यक्ष रहेका छन् । उनका दर्जनौँ साहित्यिक कृति प्रकाशित भइसकेका छन् ।

हालै उनको वैदिक दर्शनमा आधारित ‘युगसन्धि’ उपन्यास सार्वजनिक भएको छ । यही कात्तिक ३० गते महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १६ औँ जन्मजयन्ती तथा कवि केदारमान व्यथितको जन्मजयन्तीका अवसर पारेर आयोजना गर्न लागिएको कार्यक्रममा उक्त सम्मान अर्पण गरिने सदनले जनाएको हो । गत वर्ष यो सम्मान प्रा अभि सुवेदीलाई प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?