मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बरहथवा बजारमा आगलागीबाट तीन करोड बराबरको सम्पत्ति नष्ट

सर्लाही– जिल्लाको बरहथवा बजारमा शुक्रबार राति भएको भीषण आगलागीबाट करिब तीन करोड बराबरको भौतिक सम्पत्ति नष्ट भएको छ ।

स्थानीय किसुन दासको घरमा सञ्चालित विभिन्न व्यापारिक पसलमा आगलागी भएको हो, जसबाट दर्जनौं पसलमा ठूलो क्षति पुगेको छ ।

बरहथवा नगरपालिका-७ स्थित घटनास्थलमा नरेश साहले सञ्चालन गर्दै आएको राजवीर होलसेल किराना पसल, विजय दासको आलु भण्डार तथा सरोज राउत कुर्मीको कपडा सिलाउने पसलमा व्यापक क्षति पुगेको प्रहरीले जनाएको छ ।

विशेषगरी साहको किराना पसलमा दशैं–तिहारको पर्वलाई मध्यनजर गर्दै धेरै सामानको भण्डारण गरिएकोले त्यहाँ बढी नोक्सानी भएको प्रारम्भिक विवरण प्राप्त भएको छ। इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी गौतम थापाका अनुसार आगलागीबाट करिब तीन करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

आगलागी राति करिब ११ः३० बजेतिर शुरु भएको थियो, जुन नियन्त्रणमा लिन दुई घण्टाभन्दा बढी समय लागेको थियो। स्थानीय बासिन्दा, सुरक्षाकर्मी र हरिवन नगरपालिकाको दमकलको सहयोगमा करिब राति २ बजेतिर मात्रै आगो नियन्त्रणमा लिन सकिएको थियो। स्थानीय र प्रहरीको समयमै प्रयास भए पनि तीव्र आगलागीका कारण क्षति रोक्न गाह्रो भएको थियो।

अहिलेसम्म आगलागीको ठ्याक्कै कारण भने खुलेको छैन। स्थानीयहरूका अनुसार सम्भवतः विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ, तर यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

आगलागीबाट प्रभावित व्यापारीहरू अहिले ठुलो आर्थिक सङ्कटमा परेका छन् र उनीहरूले सहयोगका लागि स्थानीय प्रशासन र सरकारी निकायसँग आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?