मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चाडबाडको बाहानामा धेरै गुलियो खाँदा निम्तन्छन् यस्तो समस्या 

हामी नेपालीहरू गुलियो खानेकुरा धेरै रुचाउँछौ । चिया,चकलेट,मिठाई,जस्ता खाने कुराहरूमार्फत हामी धेरै मात्रामा गुलियो सेवन गरिरहेका हुन्छौ ।

चाडपर्वका बाहानामा हामी अत्यधिक चिनी खान्छौ । अहिले तिहारको माहौल छ यसकारण सेलरोटि, मिठाई जस्ता गुलियो खानेकुरा प्रशस्त सेवन गरिन्छ ।

यसकारण हामीले आफ्नो स्वास्थ्यको ध्यान दिन पनि आवश्यक छ । 

धेरै गुलियो खाँदा शरीरमा पर्ने असरहरू

–धेरै चिनी सेवन गर्दा मधुमेहको जोखिम त छँदै छ, यसले अन्य स्वास्थ्य समस्या पनि निम्त्याउन सक्छ । पेय पदार्थ, मिठाइ, केक लगायत धेरै खानेकुरामा चिनीको प्रयोग गरिने भएकाले यसबाट सजिलै टाढा रहन पनि गाह्रै पर्छ ।

–चिनीको सेवन धेरै गर्नाले कलेजोमा समस्या हुनसक्छ । वास्तवमा जब हामी चिनी धेरै खान्छौँ, तब शरीरमा बढी भएको चिनी फ्याटमा परिवर्तन हुन्छ । बढी भएको फ्याट कलेजोको आसपास जम्मा हुन्छ, जसले गर्दा कलेजो बिग्रिने जोखिम बढ्छ । 

–चिनीको अत्यधिक सेवनले शरीरमा बोसो जम्न पुग्छ, जसले मोटोपनको समस्या निम्त्याउँछ । किनकि चिनीमा भएको अत्यधिक क्यालोरीको कारण तौल बढ्छ । साथै क्यालोरी धेरै खाने र त्यसअनुसार शारीरिक व्यायाम नहुनाले तौल बढ्छ ।

–चिनीको सेवनले शरीरमा सुजन हुन्छ र कोलाजन प्रोटिन टुक्रिने गर्छ । जसकारण छालाको लचिलोपन कम भएर चाउरी पर्न थाल्छ । चिनी खाँदा छालाको चमक पनि कम हुन्छ र छालामा चाउरीपन बढ्न थाल्छ । 

–चिनी धेरै खाँदा शरीर सुन्निने समस्या हुन्छ । त्यस्तै चिनी धेरै खानाले शरीरमा इन्सुलिन प्रतिरोध बढाउँछ । यसले रगतमा चिनीको मात्रा बढेर शरीर सुन्निने समस्या हुनसक्छ । बढी चिनी खानुको अर्थ रगतमा बढी ग्लुकोज उत्पादन हुनु हो । इन्सुलिनको मात्रा बढी भयो भने शरीरका कोषहरूमा जोखिम हुन्छ । यसकारण गुलियो खानेकुराहरूको मात्रा मिलाएर मात्रै सेवन गर्नुहोस् । 

–प्राकृतिक रूपमा पाइने फलफूल, मह, उखु जस्ता खानेकुरामा चिनीको मात्रा कम  हुने भएकाले प्रशोधित चिनी सकेसम्म प्रयोग नगर्दा स्वास्थ्यका लागि फाइदाजनक छ । 

–अत्यधिक चिनी खाँदा शरीरलाई मात्रै नभएर मानसिक स्वास्थ्यलाई पनि असर गर्छ । चिनीले न्युरोट्रान्समिटरलाई असर गर्ने गर्छ र यसले गर्दा बिर्सिने समस्या र भ्रम पैदा हुने, अलमल हुने र मन बेचैन हुने हुनसक्छ, जसकारण डिमेन्सिया र अल्जाइमर्सजस्ता मानसिक समस्याको जोखिम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?