मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के तपाईँलाई पनि उठ्ने बित्तिकै चक्कर लागेको महसुस हुन्छ ? हुन सक्छन् यी कारण

बिहान उठ्नासाथ कतिपय मानिसहरूलाई रिगंटा लागेको जस्तो महसुस हुन्छ । आँखा अगाडि अँध्यारो छाउने समस्या हुन्छ ।

 तपाईँलाई पनि बिहान अचानक उठ्दा आँखा अगाडि केही सेकेन्डको लागि अँध्यारो छाउने भएको छ ? यस्तो धेरै मानिसहरूलाई हुन्छ र सामान्यतया जब हामी बसेको वा सुतेको अवस्थाबाट अचानक उठ्छौँ ।

तर यसमा कसैको ध्यान जाँदैन । यसलाई कतिपय मानिसहरूले भ्रम वा सामान्य समस्याका रूपमा नै बेवास्ता गर्छन् । तर यो पनि एक स्वास्थ्य समस्या नै हो । 

जसले भविष्यमा विभिन्न समस्याहरू निम्त्याउन सक्छन् । यसकारण आज हामी तपाईँलाई यसका विषयमा जानकारी गराउँछौ । 

यस्तो समस्या हुनुमा केही त धेरै साधारण कारण हुन्छ, जसलाई तपाईँ आफैँ हटाउन सक्नुहुन्छ, तर केही अवस्थाहरू चिन्ताजनक पनि हुन सक्छ ।

बसेको वा सुतेको अवस्थाबाट अचानक उठ्दा चक्कर आउने अवस्थालाई अर्थोस्टेटिक हाइपोटेन्सन भनिन्छ । अब जानौँ यसका कारणहरूको विषयमा 

औषधिको साइड इफेक्ट

केही औषधिहरूको साइड इफेक्टको कारणले पनि यस्तो हुनसक्छ । विशेष गरी डाइयूरेटिक्स र एंटीहाइपरटेन्सिभ औषधिहरूको कारणले पनि रगतको चाप नियमित गर्न सकिँदैन र अचानक उभिँदा चक्कर आउन सक्छ ।

डिहाइड्रेशन

विशेषज्ञका अनुसार ओर्थोस्टेटिक हाइपोटेन्सन वा चक्कर आउनु भनेको हाम्रो पोजिसनमा परिवर्तन हुँदा रगतको चापमा छिटो गिरावट आउने अवस्थालाई भनिन्छ । 

यसको पछाडि धेरै कारणहरू हुन सक्छन्, तर सबैभन्दा सामान्य कारण भनेको शरीरमा पानीको कमी हो । डिहाइड्रेशनको कारणले शरीरको भोल्युम गुमाउँछ, जसको कारण अचानक उभिँदा ब्लड प्रेसर लो हुन्छ र चक्कर आउँछ ।

बुढ्यौली

धेरै पटक बुढ्यौलीमा वा कुनै रोगको कारणले लामो समयसम्म बेड रेस्टमा बस्नुपर्ने कारणले शरीरले ठिकसँग रगतको चाप नियन्त्रण गर्न सक्दैन । यसको कारणले पनि उभिँदा चक्कर आउन सक्छ ।

एनिमिया

एनिमिया भनेको यस्तो अवस्था हो, जसमा रातो रगतको कोषहरूको सङ्ख्या कम हुन्छ । यसको कारणले मस्तिष्कसम्म अक्सिजन कम पुग्छ र चक्कर आउन सक्छ ।

हृदयरोग

हृदयसँग सम्बन्धित समस्याको कारणले पनि उभिँदा चक्कर आउने समस्या हुन सक्छ । हृदयका भल्भहरू र ब्रेडिकार्डियाको कारणले धेरै पटक हृदयले ठिकसँग रगत पम्प गर्न सक्दैन । यसको कारणले मस्तिष्कमा अक्सिजनको कमी हुन्छ र चक्कर आउन सक्छ ।

स्नायु प्रणालीसँग सम्बन्धित रोग

स्नायु प्रणालीसँग सम्बन्धित विकारहरू जस्तै : पार्किन्सन्स डिजिजको कारणले पनि धेरै पटक रगतको प्रवाह र रगतको चाप नियमित गर्न सकिँदैन । यसको कारणले पनि अचानक उभिँदा चक्कर आउन सक्छ । 

यीबाहेक गर्भावस्था, सङ्क्रमण र आन्तरिक कानका समस्याहरूले पनि उभिँदा चक्कर आउने समस्या हुन सक्छ । यसबाट बच्नको लागि पर्याप्त पानी पिउने, बिस्तारै उभिने, नियमित व्यायाम गर्ने स्वस्थ खाना खाने गर्नुहोस् । 

यदि चक्कर आउने समस्या बारम्बार हुन्छ भने, डाक्टरसँग सल्लाह लिनु उपयुक्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?