रौतहट – रौतहटको कटहरिया नगरपालिकास्थित सिजन २ मेयर कप टि–२० नक आउट क्रिकेट टुर्नामेनट प्रतियोगिता सुरु भएको छ । शुक्रबार एक समारोहका बिच कटहरियाका मेयर अजय प्रकाश जयसवालले ब्याटिङ गरेर प्रतियोगिताको उदघाटन गरेका हुन् ।
उदघाटन कार्यक्रममा मेयर जयसवालले खेलको माध्यमले हाम्रा गाउँ घरका खेलाडीहरु अन्तरराट्रिय स्तरमा नेपालको नाम चिनाउन सफल भएकाले खेल र खेलाडीमा स्थानिय सरकार र जनप्रतिनिधीहरुले लगानी गर्नु पर्ने आवश्यक्ता औंल्याएका थिए ।
प्रतियोगितामा आज पहिलो दिनको खेल गरुडा क्रिकेट क्लब र बारा सिम्रोनग्ढ क्रिकेट टिम बिच भईरहेको छ । कुल ८ वटा टिम सहभागी हुने प्रतियोगितमा कात्तिक १७ गते कटहरिया र गौर टीम बीच प्रतिस्पर्धा हुने छ ।
त्यस्तै कार्तिक १८ गते युसिसि क्लब बिरगंज र पेस फाउन्डेसन जनकपुरधाम , कात्तिक १९ गते चन्द्रनिाहपुर र हेटौंडा क्रीकेट टिमबीच खेल हुने आयोजकले जनाएको छ ।
सिजन २ को मेयर कप टी–२० नक आउट क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५५ हजारसहित सिल्ड मेडल, दोस्रो हुने टिम ३१ सिल्ड मेडल पुरस्कार प्रदान गरिने आयोजक कटहरिया नगरपालिकाले जनाएको छ ।
कटहरिया नगरपालिकाको आयोजनामा २०८० सालदेखि मेयर कप टी–२० नक आउट प्रतियोगिता हुँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया