काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्टसले पाकिस्तानका बलिङ अलराउन्डर मोहमद मोहसिनलाई भित्र्याएको छ । २८ बर्षिय मोहसिनलाई एनपीएलका लागि भित्र्याएको जनकपुरले जानकारी दिएको छ ।
जनकपुरले भित्र्याएका मोहसिङ तेस्रो विदेशी खेलाडी हुन् । यसअघि जनकपुरले न्यूजील्याण्डका जिम्मी निशाम र अमेरिकाका जोसुआ ट्रोम्पलाई अनुबन्ध गरेको थियो । जनकपुरको मार्की खेलाडीमा राष्ट्रिय टिमका आसिफ सेख रहेका छन् ।
आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुने एनपीएलमा विदेशी खेलाडी भित्र्याउनेक्रम जारी रहेको छ ।
अहिले सम्झौता भएका खेलाडी :
काठमाडौं गुर्खाज
-नेदरल्याण्डसका ब्याट्सम्यान माइकल लेभिट
-नामिबियाका अलराउन्डर जेरार्ड इरासमस
लुम्बिनी लायन्स
-इङल्याण्डका विकेट किपर ब्याट्सम्यान टम मूरेज
-अस्ट्रेलियाका अलराउण्डर बेन कटिंग
जनकपुर बोल्ट्स
-न्यूजील्याण्डका जिम्मी निशाम
-अमेरिकाका जोसुआ ट्रोम्प
-पाकिस्तानका बलिङ अलराउन्डर मोहमद मोहसिन
पोखरा एभेन्जर्स
-वेस्ट इन्डिजका बलर एन्डरसन फिलिप,
-नेदरल्याण्डसका ब्याट्सम्यान बास डि लिडे
-अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौस
सुदूरपश्चिम रोयल्स
-स्कटल्याण्डका ब्याटिंग अल राउण्डर ब्राण्डन म्याकुलेन
-पाकिस्तानका ब्याटिंग अलराउण्डर सैफ जैब
बिराटनगर किंग्स
-ओमानका कप्तान आकिब इलियास
-क्यानडाका लराउण्डर निकोलस किर्टोन
कर्णाली याक्स
-पाकिस्तानका अल राउण्डर हुसैन टलात
-हङकङका बाबर हायात
चितवन राइनोज
-दक्षिण अफ्रिकाका बलर मार्चेन्ट डी लान्ज
-इङल्याण्डका लुक बेनकेनस्टिन
-अफगानिस्तानका हसन एइसाखिल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया