मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुन्तला खानुका यस्ता छन् फाइदा

सुन्तलाको नाम लिने बित्तिकै तपाईँको मुख रसाउँछ होला । अहिले सुन्तला खाने सिजन पनि हो ।

जाडो मौसममा न्यानो घाममा बसेर सुन्तला खानुको मज्जा नै बेग्लै हुन्छ । साथीभाइसँग घाम ताप्दै सुन्तला खाँदा रमाइलो मात्र होइन स्वास्थ्यका लागि पनि निक्कै फाइदाजनक छ ।

यस्तो छ सुन्तलाको फाइदा

उच्च रक्तचाप नियन्त्रण गर्न

सुन्तला सेवन गर्दा उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग पुर्‍याउँछ । सुन्तलामा हुने हेस्परिडिन भन्ने तत्त्वले उच्च रक्तचाप नियन्त्रण गर्छ । त्यसैले उच्च रक्तचापको समस्या भएका व्यक्तिका लागि सुन्तला निकै फाइदाजनक छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन

सुन्तलामा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ । भिटामिन सी प्रशस्त भएको सुन्तलाले तपाईँमा रोग प्रतिरोधात्मक क्षमताको विकास गरी तपाईँलाई रोगहरू लाग्नबाट बचाउँछ । चिसो मौसममा रोगसँग लड्न सुन्तला खानु निकै फाइदाजनक छ ।

छालाको सुन्दरता बढाउँछ

सुन्तलामा पाइने एन्टिअक्सिडेन्टले तपाईँको छालालाई सुन्दर बनाउँछ । त्यसैले तपाईँको अनुहार र छालाको सुन्दरताका लागि पनि नियमित सुन्तला खानु उपयुक्त हुन्छ ।

मुटुलाई स्वस्थ राख्छ

सुन्तलामा हुने पोटासियमले तपाईँको मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ । त्यसैले मुटुलाई स्वस्थ राख्न सुन्तला खानु उपयुक्त हुन्छ ।

क्यान्सरको जोखिम कम गर्छ

सुन्तलामा पाइने एन्टिअक्सिडेन्टले तपाईँलाई क्यान्सर हुन दिँदैन । नियमित सुन्तला खाने व्यक्तिमा स्तन, फोक्सो र छालाको क्यान्सरको जोखिम कम गर्छ ।

आँखाको दृष्टिलाई फाइदा

सुन्तलामा पाइने भिटामिन ए ले आँखाको स्वास्थ्यका लागि निकै फाइदाजनक छ । त्यसैले आँखा स्वास्थ्यका लागि पनि नियमित सुन्तला खानुस् ।

कब्जियतबाट बचाउँछ

सुन्तलामा पाइने फाइबरले कब्जियत हुन दिँदैन । त्यस्तै सुन्तलामा हुने रेसायुक्त पदार्थले तपाईँका पाचन प्रणाली समेत राम्रो बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?