काठमाडौँ– एसएस फाउन्डेसनले नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर अमिषा कार्कीलाई आज नगदसहित सम्मान गरेको छ ।
महिला साफ च्याम्पियनसिपको फाइनलमा गोल गरेबापत कार्कीलाई आज आयोजित एक कार्यक्रममा एसएस फाउन्डेसनका संरक्षक शोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले सम्मान गरेका हुन् ।
सम्मानस्वरुप कार्कीले रु एक लाख प्राप्त गरिन । अमिशाले यस किसिमको सम्मानले आफूलाई थप हौसला मिलेको बताइन । अमिषाको प्रदर्शनले नेपाली युवालाई उत्प्रेरणा मिलेको संस्थाले अर्पण गरेको सम्मानपत्रमा उल्लेख छ ।
अमिषाले यही कात्तिक १४ गते भएको बङ्गलादेशविरुद्धको फाइनल खेलमा नेपालका लागि गोल गरेकी थिइन । यद्यपि उक्त खेलमा बङ्गलादेशसँग नेपाल २–१ गोलअन्तरले पराजित हुँदै उपविजेता बनेको थियो ।
त्यसैगरी उनले भारतविरुद्धको सेमिफाइनल खेलमा पेनाल्टी सुटआउटमा पनि गोल गरेकी थिइन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया