मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बङ्गलादेशमा हसिनाको दल अवामी लिगको केन्द्रीय कार्यालय तोडफोडपछि आगजनी

काठमाडौँ – बङ्गलादेशमा शेख हसिनाको सरकार ढलेपछि पनि उनको र गठबन्धन दलको समस्या कम हुने संकेत देखिएको छैन ।

हसिनाको पार्टी अवामी लिग र गठबन्धन दलका नेताहरू अन्तरिम सरकारको कार्यको सिकार भइरहेका छन् ।

यसैबीच अहिले ढाकास्थित राष्ट्रिय पार्टीको केन्द्रीय कार्यालयलाई पनि प्रदर्शनकारीले निशाना बनाएका छन् । उनीहरूले पहिले कार्यालयमा तोडफोड गरेपछि आगजनी गरेको स्थानीय मिडियाहरूले उल्लेख गरेका छन् । बङ्गलादेशमा १५ वर्ष शासन गर्ने शेख हसिनाको पार्टीले यस वर्ष अगस्टमा विद्यार्थी आन्दोलनको सामना गर्नुपरेको थियो जसमा उनको सरकार सत्ताबाट हटाइएको थियो ।

बङ्गलादेश सन् १९७१ मा स्वतन्त्र भएको थियो । बङ्गलादेशमा स्वतन्त्रतादेखि नै आरक्षण प्रणाली लागू छ। यसअन्तर्गत स्वतन्त्रता सेनानीका सन्तानलाई ३० प्रतिशत, पिछडिएका जिल्लाका युवालाई १० प्रतिशत, महिलालाई १० प्रतिशत, अल्पसङ्ख्यकलाई ५ प्रतिशत र अपाङ्गता भएकालाई एक प्रतिशत आरक्षणको व्यवस्था गरिएको थियो ।

यसरी बङ्गलादेशमा सरकारी जागिरमा ५६ प्रतिशत आरक्षण थियो । २०१८ मा, बङ्गलादेशका युवाहरूले यस आरक्षणको विरोधमा प्रदर्शन गरे। केही महिनाको आन्दोलनपछि बङ्गलादेश सरकारले आरक्षण अन्त्य गरेको घोषणा गरेको छ ।

गत जुन ५ मा, बङ्गलादेशको सर्वोच्च अदालतले देशमा पुरानो आरक्षण प्रणाली पुनः लागू गर्न आदेश दिएको थियो । शेख हसिना सरकारले सर्वोच्च अदालतको फैसलाविरुद्ध अपिल पनि गरेको थियो तर सर्वोच्चले उक्त आदेशलाई कायम राखेको थियो ।

यसबाट विद्यार्थीहरू आक्रोशित भएका छन् र उनीहरूले विरोध गर्न थालेका छन् । बङ्गलादेशका विश्वविद्यालयहरूबाट सुरु भएको यो विरोध पछि हिंसामा परिणत भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?