तिहार भन्ने बित्तिकै सेलरोटी, अनरसा, फिनी तथा विभिन्न तेल वा दूधमा पाक्ने मिठाईका प्रकारहरूको उपभोग बढी हुन्छ। चाहे घरमै बनाउँदा होस् वा बजारबाट किनेर ल्याउँदा यी परिकार पकाउँदा वा किन्दा विशेष ध्यान दिनुपर्ने विज्ञहरू बताउँछन्।
फलत देख्दा खेरी जिब्रो नै रसाउने मिठाइमा र अन्य गुलिया परिकारमामै न्यून गुणस्तर र मिसावट धेरै हुने कुरालाई उपभोक्ताले ध्यान दिन जरुरी छ । किनभने मिठाईमा प्रयोग हुने हानिकारक रसायनले हाम्रो स्वास्थ्यलाई नराम्रो असर पुर्याइरहेको हुन्छ ।
मिठाईलाई लामो समयसम्म ताजा राख्न वा बिग्रनबाट जोगाउन मिठाइ कम्पनीहरूले फमार्लिन नाम गरेको रसायन प्रयोग गर्छन् । यो रसायन विशेषगरी लाशलाई गन्हाउनबाट जोगाउन शव गृहमा प्रयोग गरिन्छ । फर्मालिन मिसिएको परिकारले किड्नी र कलेजोलाई हानी गर्छ ।
यसले दम र क्यान्सर पनि निम्त्याउँछ । गर्भवती महिलाहरूका लागि यो रसायन झनै खतरनाक मानिन्छ । यस्तो रसायन मिसिएको खानेकुरा खाँदा अपाङ्ग बच्चा जन्मिने सम्भावना हुन्छ । यसको अर्थ मिठाई किन्दा रसायनको प्रयोग भएको छ कि छैन ? जान्न जरुरी छ ।
तिहारमा खाइने बर्फी लगायत केही मिठाई सिल्भर लगायतका धातु मिसाइएका कागजले ढाकेर बनाइएको हुन्छ, जुन स्वास्थ्यका लागि निकै हानिकार मानिन्छ ।
मिठाई ढाक्न प्रयोग हुने सिल्भरको कागजमा आल्मुनियम पनि मिसाइन्छ । आल्मुनियमले दिमागका कोष र तन्तुलाई असर गर्छ ।
गर्भवती महिलालाई झन् असर गर्छ । तसर्थ सिल्भरको कागजले ढाकेको मिठाई खानुअघि औँलाले बिस्तारै घोट्नुपर्छ । यदि सो कागज हानिकार नभए तत्कालै हराउँछ ।
त्यस्तैहेर्दा आकर्षक र रङ्गिन्न मिठाई छन् भने नकिन्नुहोस् । मिठाई बनाउँदा रङ्ग मिसाएको पाइन्छ तर कतिपयले राम्रो र आकर्षक देखाउन हानिकारक रङ्गको प्रयोग गरेका हुन्छन् । यसले तपाईँको स्वास्थ्यमा नराम्ररी असर पुर्याउछ ।
गुड अर्थात सख्खरमा बनाइएको मिठाई गुलियो भएपनि हाम्रो स्वाथ्यका लागी फाइदाजनक छ । भरसक गुड, मह र मिसावट नगरिएको खुदोबाट बनाएका मिठाई खान विज्ञको सल्लाह छ । यसको प्रयोगले जो सुकैले सहजै खरमा बनाउन पनि सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया