मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सन्दर्भ: दिपावली पर्व

तिहारमा गुञ्जिने सदावहार गीत (भिडियो)

‘तिहारै आयो लौ झिलीमिली’

काठमाडौँ– तिहार हाम्रो आँगनमै आइसकेको छ । तिहारको आफ्नै महत्व र विशेषताहरु रहेका छन् ।

सेलरोटी, फूल, माला, भाइमसला, रङ्गौली तिहारको आफ्नै विशेषता हो । काग, कुकुर, गाई, गोबर्धन पूजा र भाइ टीका गरी पाँच दिन मनाइने तिहारलाई यमपञ्चक पनि भनिन्छ । यी हरेक दिन आफैँमा विशेष र महत्वपूर्णसमेत मानिन्छ ।

तिहारलाई थप रोमाञ्चक बनाउन सङ्गीतको पनि आफ्नै महत्व छ । अझ तिहारमा खेलिने देउसी र भैलो त सङ्गीत विना अपुरो र अधुरो नै छ भन्दा फरक नपर्ला । किनकि देउसी र भैलो खेल्नको लागि गीत र सङ्गीतको आफ्नै महत्व मात्रै छैन, अनिवार्य पनि छ ।

यहाँ त्यस्ता केही गीतहरु प्रस्तुत गरिएका छन् । जुन तिहारमा नसुन्ने वा नगुञ्जिने अपवाद मात्रै होला । नत्र अधिकांश तिहारमा यी गीतहरु सधैँ नै गुञ्जिरहेका हुन्छन् ।

तिहारै आयो लौ झिलिमिली’

करिब तीन दशक पहिले निर्माण भएको यो गीत अहिले पनि तिहारमा उत्तिकै लोकप्रिय छ । तिहारको हरेक दिन यो गीत अहिले पनि गुञ्जिने गर्छ । यो गीत फिल्म ‘स्वर्ग’ को हो । शम्भूजीत बास्कोटाको संगीत रहेको गीतलाई यादव खरेलले लेखेका हुन् । गीतमा लोचन भटुटराई र नुतन प्रधानको स्वर रहेको छ । यो गीत सुन्दा मात्र पनि तिहार आएको महसूस गराउँछ ।

दियो बाली साँझको’

तिहारको समयमा गुञ्जिने अर्को गीत भनेको ‘दियो बाली साँझको’ हो । यो गीत फिल्म ‘चिनो’ को हो । फिल्मलाई तुलसी घिमिरेले निर्देशन गरेका हुन् । यो गीतमा रञ्जित गजमेरको सङ्गीत, आशा भोस्लेको स्वर र कुशुम गजमेरको शब्द रहेको छ । तीन दर्शक अघि निर्माण भएको यो गीत अहिले पनि उत्तिके लोकप्रिय रहेको छ ।

यसपालिको तिहारै रमाइलो’

हरेक वर्षको तिहारमा गुञ्जिने अर्को गीत भनेको यसपालीको तिहारै रमाइलो पनि हो । यो गीत फिल्म ‘कोहीनूर’ को हो । गीतमा अभिनेता स्व. श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री स्वस्तिमा खड्काको अभिनय रहेको छ । गीतमा शम्भुजीत बास्कोटाको सङ्गीत रहेको छ । यसका साथै सुन्दर खनालको शब्द रहेको गीतमा गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वर रहेको छ ।

निधारमा लर्काएको सप्तरङ्गी टीका’

यस यो गीत पनि तिहारमा निकै गुञ्जिने गर्छ । तीन दशकभन्दा पहिले निर्माण भएको यो गीत अहिले पनि उत्तिकै लोकप्रिय रहेको छ । यो गीत फिल्म ‘विजय पराजय’ को हो । गीतमा दिनेश अधिकारीको शब्दमा शम्भुजीत बास्कोटाको संगीत रहेको छ । गीतमा बलिउड गायिका हेम लताको स्वर रहेको छ ।

अधरमा आज उनकै छ गीत’

हरेक वर्षको तिहारमा गुञ्जिने अर्को गीत भनेको ‘अधरमा आज उनकै छ गीत’ पनि हो । यो गीत फिल्म ‘अन्याय’ को हो । गीतमा रत्न शमशेर थापाको शब्द रहेको छ । रञ्जित गजमेरको संगीत रहेको गीतमा मनिला सोताङको स्वर रहेको छ ।

हाँसेर बोल बहिनी तिहारको बेलैमा’

फिल्म ‘माइती’ को हाँसेर बोल बहिनी तिहारको बेलैमा पनि तिहारमा उत्तिकै गुञ्जिने गर्छ । यो गीतमा अभिनेत्री निरुता सिंह र श्रीकृष्ण श्रेष्ठको अभिनय रहेको छ । गायक आनन्द कार्की, उदित नारायण झा, दीपा झा, दयाराम दाहालको स्वर रहेको छ । गीतमा लक्ष्मणको सङ्गीत रहेको छ ।

झिलिमिली रातमा’

तिहारको अर्को लोकप्रिय गीत भनेको ‘झिलिमिली रातमा’ पनि हो । यो गीतमा अक्षता अधिकारी र नवाज अन्सारीको स्वर रहेको छ । करिब एक दशक पहिले सार्वजनिक भएको यो गीत आधुनिक शैलीको रहेको छ । गीतमा अलमद राना उप्रेतीको सङ्गीत रहेको छ ।

भाइटीकामा भेट्न’

यो गीत पनि तिहारमा खुबै गञ्जिने गीतमध्ये पर्छ । गीत सन् २०१२ मा म्युजिक नेपालमा सार्वजनिक भएको हो । गीतमा गायक राजु लामाको स्वर रहेको छ । गीतको शब्द र सङ्गीत सुक गुरुङको रहेको छ ।

नौरथाको दियो बाली

फिल्म ‘लहना’ मा समावेश भएको यो गीत पनि तिहारमा निकै गुञ्जिने गर्छ । तीन दशक अघि सार्वजनिक भएको यो गीत अहिले पनि लोकप्रिय छ । तुलसी घिमिरेको शब्द रहेको यो गीतमा थुप्देन भुटिया र दीपा झाको स्वर रहेको छ । गीतमा सचिन सिंहको सङ्गीत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?