काठमाडौँ– चिकित्सकहरुले महिलाहरुमा अनिन्द्राको कारणले पनि पाठेघर क्यान्सरको खतरा हुने बताएका छन् । यसलाई अंग्रेजीमा इनोमनिया भनिन्छ । यो निन्द्रा नआउनुबाट हुने रोग हो । यसले व्यक्तिहरुमा सुत्नमा समस्या हुने गर्छ । यसका साथै कम निन्द्रा वा निन्द्रा नपुगपछि पनि यो समस्या हुने गर्छ ।
यो रोगका बिरामीहरु निन्द्राबाट चाँडै नै व्युझिने हुन सक्छन् । अनिन्द्रा मानिसमा हुने तनाव र चिन्ताको कारणले हुने गर्छ । यसले महिलाहरुमा पाठेघर क्यान्सरको समस्या पनि सिर्जना गर्न सक्छ । एक अनुसन्धानका अनुसार निन्द्रा अशान्तबाट पनि नपुग्ने हुन सक्छ ।
यसका साथै यसले रोगप्रतिरोधात्मक क्षमतालाई पनि कमजोर बढाउँछ । यसले गर्दा पनि पाठेघर क्यान्सरको समस्या बढाउँछ । अनिन्द्राको मात्रै उपचार गर्दा पनि पाठेघर क्यान्सरलाई तुलनात्मक रुपमा कम गर्न सक्छ । निन्द्रा पूरा गरी सुतेमा पनि पाठेघर क्यान्सरलाई रोक्न सकिन्छ ।
अधिकांश क्यान्सरका बिरामीहरुमा अनिन्द्राको समस्या हुने गर्छ । यो निन्द्रा नआउनु वा निन्द्रासम्बन्धी असामान्य प्रवृत्तिले गर्दा हुने गर्छ । क्यान्सरका विरामीमध्ये करीब ५० प्रतिशत यही समस्याबाट प्रभावित हुने गर्दछ । यसले जीवनमा समेत नकरात्मक असर पार्छ ।
यसका साथै अनिन्द्राले मानिसको मानसिक स्वास्थ्यमा पनि खराब असर पार्छ । यसका लागि मानिसहरुले विभिन्न उपचार तथा थेरापीसमेत गर्न सक्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया