मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इजिप्टमा मात्रै होइन, यी देशमा छन् सबैभन्दा धेरै ‘पिरामिड’

काठमाडौँ– अहिले सात आश्चर्यमा पिरामिड समावेश नहुन सक्छ । पिरामिडको देश भन्ने बित्तिकै हामी इजिप्टलाई सम्झने गर्छौँ । अधिकांशलाई पिरामिड इजिप्टमा मात्रै पाइन्छ भन्ने भ्रमसमेत रहेको छ । यदि तपाई पनि यस्तै सोच्नुहुन्छ भने यो गलत हुन्छ ।

इजिप्टमा मात्रै नभई अरु देशमा पनि पिरामिड छ भन्दा तपाईँलाई पत्यार नलाग्न सक्छ । वास्तवमा पिरामिडहरु अरु देशमा पनि छन् । एक रिर्पोटका अनुसार अधिकांश पिरामिडहरू इजिप्टको नजिकै रहेको सुडानमा छन् । यहाँ संसारका धेरै पिरामिडहरु पाइन्छन् । रिर्पोटका अनुसार इजिप्टमा १३८ वटा पिरामिड छन् भने सुडानमा २०० देखि २५५ वटा सम्म पिरामिडहरु रहेका छन् ।

तर सुडानको पिरामिडहरु प्राचीन इजिप्टियनहरुले बनाएका थिएनन् । सुडानमा रहेको पिरामिड कुश इजिप्टियनहरुले बनाएका थिए । यो १०७० ईसा पूर्व र ३५० ईस्वीको बीच नील नदिको छेउमा बनाइएको प्राचीन सभ्यता हो ।

सुडानमा छन् धेरै पिरामिड

दुबै सभ्यताहरुले आफ्नो आफन्त तथा प्रियजन गाड्नको लागि पिरामिडहरु बनाइएको पाइन्छ । दुबै पिरामिडको आकारमा भिन्नता पनि रहेको छ । कुश पिरामिडहरु ६ देखि ३० मिटर अग्लो हुन्थ्यो भने इजिप्टका पिरामिडहरु १३८ मिटर अग्लोसम्म थिए । सुडानको मेरो सहरमा सबैभन्दा धेरै पिरामिडहरु रहेका छन् । यहा मात्रै करिब २०० वटा पिरामिड पाइन्छ । बाँकी पिरामिडहरु देशका विभिन्न ठाउँमा पाइन्छन् ।

मेक्सिकोमा सबैभन्दा ठूलो पिरामिड

अधिकांशले संसारको सबैभन्दा ठूलो पिरामिड इजिप्टमा पाइने विश्वास गरेका छनु । तर त्यस्तो होइनु । वास्तवमा सबैभन्दा ठूलो पिरामिड मेक्सिकोमा छ । यो पिरामिड मेक्सिकोको चोलुला भन्ने ठाउँमा रहेको छ । यो पिरामिड पहाडभित्र लुकेको छ । वैज्ञानिकले अब सुडानका पिरामिडका बारेमा थप अनुसन्धान गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?