मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साना बालबालिकालाई चिया खुवाउने बानी नलगाउनुहोस्, हुनसक्छ यस्तो समस्या

काठमाडौँ– सबै उमेर समूहका व्यक्तिहरुका लागि चिया प्रिय छ । चिया नपिउने व्यक्ति निकै कम नै होलान् । परिवारका लगभग सबै सदस्य चिया पिउँछन् । अभिभावकको यस्तो बानी बच्चाले पनि सिको गर्छन् ।

साथै सबै परिवारसँगै बसेर चियाको पिउँदा बच्चाहरुले पनि चिया खान मन गर्छन् । र बच्चाहरुलाई पनि कपमा हालेर चिया दिईन्छ । एक चुस्की चियाले के नै गर्लार भन्ने लाग्छ हामीलाई । तर बच्चालाई चिया खुवाउनु गलत हो । यसले विभिन्न समस्याहरु निम्त्याउन सक्ने चिकित्सकहरू बताउँछन् ।

चियाको पत्तीमा प्राकृतिक रूपमा पाइने तत्व अन्य थुप्रै बोटबिरुवामा पनि पाइन्छ । चिया पत्तीमा क्याफिन हुन्छ जसले दिमाग र स्नायु प्रणालीमा हलचल पैदा गर्छ । त्यसैले बच्चालाई चिया दिनु हुँदैन । बच्चा कम्तीमा १२ वर्षको हुञ्जेलसम्म चिया दिनु हुँदैन ।

यसकारण बच्चालाई चिया नदिनुहोस्

–चियामा हुने क्याफिनले दिमाग र स्नायु प्रणालीलाई अति सक्रिय पारिदिन्छ जसले बच्चाको निद्राको ढाँचामा गडबडी आउन सक्छ । त्यसैले बिहान उठ्दा बच्चाले धेरै थाकेको महसुस गर्छन् ।

–सधैँ क्याफिनको सेवन गर्दा यसको बानी पर्छ । यो छुटाउन निकै मुस्किल हुन्छ ।

–क्याफिन डाययुरेटिक हुन्छ अर्थात् यसले गर्दा धेरै पिसाब लाग्छ । बारम्बार पिसाब लाग्दा बच्चामा डिहाइड्रेसन हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?