काठमाडौँ- आज लक्ष्मी पूजाको दिन धनधान्यकी देवी लक्ष्मीको आराधना गरिन्छ । आजकै दिन कुबेरको पनि पूजा गर्ने चलन छ ।
किन गरिन्छ कुबेरको पूजा ?
तिहारमा देवी लक्ष्मी, भगवान गणेशका अलावा कुबेरको पूजा गर्ने परम्परा रहेको छ । समृद्धि, भाग्य र धनको पर्वको रुपमा मनाइने तिहारमा कुबेर पूजा अनिवार्य मानिएको छ ।
कुबेर पूजाको महत्व
– भगवान् कुबेर भगवानहरुको खजाञ्ची र धनका देवता मानिन्छन् ।
– कुबेरको कृपा रहेमा धन, सम्पती र समृद्धि प्राप्त हुने धार्मिक मान्यता रहेको छ ।
– तिहारमा कुबेरको आराधना गरे भौतिक इच्छा पूर्ण हुने मान्यता छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया