मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दियो बाल्दा विचार गर्नुहोस् यी कुरा

हिन्दु मान्यताअनुसार आज देवी लक्ष्मीको आगमनको दिन हो । लक्ष्मीको स्वागतका लागि घरमा दियो बाल्ने परम्परा छ ।

यमपञ्चकको पहिलो दिनदेखि दियो बालिन्छ । पहिले पात वा माटोको दियोमा बत्ती बालेर घर झिलिमिली पार्ने चलन भएपनि अहिले तिहारमा हरेक घर झिलिमिली बत्तीले सजाइन्छ ।  

अहिले मैनबत्ती तथा विभिन्न डिजाइनका विद्युतीय झलरको प्रयोग बढ्दो छ ।  तिहारमा एलइडी बल्ब तथा झलरको प्रयोगले आगलागीबाट जोगाउँछ भने विद्युत् खपत पनि कम गर्छ ।

यस्ता बल्ब टिकाउ हुने भएकाले उपभोक्ताको रोजाइमा पर्ने गरेका छन् । यद्यपि विद्युत्को प्रयोगमा पर्याप्त सावधानी अपनाउनुपर्छ ।

तिहारमा परिकारहरू बढी पाक्ने, बिजुली बत्ती, दियोको प्रयोग बढ्ने र पटाकाहरू पड्काउने हुँदा तिहारलाई अत्यन्त जोखिमपूर्ण पर्व पनि मान्छन् अग्निविज्ञहरू । 

यस्तो अवस्थामा विद्युतीय झलरको स्थानमा मैनबत्ती तथा दियो राम्रो विकल्प हो ।  माटाको पालामा बत्ती बाल्दा आगो टिप्ने सामान नजिक दियो राख्नु हुँदैन । बालबालिका हिड्डुल गर्ने ठाउँमा पनि दियो राख्नु हुँदैन । 

 दियो बलेको स्थानबाट यताउता हिड्डुल गर्नु हुँदैन । दियो पर्दा तथा झ्यालढोकाको नजिक पनि बाल्नु हुँदैन । दियो आगो छिट्टै टिप्ने वस्तुभन्दा केही पर राख्नुपर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?