मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आईपिएलको खेलाडी रिटेन गर्ने आज अन्तिम दिन, कुन टिमले कुन खेलाडी रिटेन गर्दै छन् ?

काठमाडौँ – इण्डियन प्रिमियर लिग (आईपिएल) को मेगा अक्सनअघि फ्रेन्चाइजीले खेलाडी रिटेन र रिलिज गर्ने आज अन्तिम दिन हो ।

आज फ्रेन्चाइजीहरुले खेलाडी रिटेन गर्ने सूची भारतीय क्रिकेट कन्ट्रोल बोर्डलाई बुझाउने छन् भने बाँकी खेलाडी मेगा अक्सनमा जाने छन् ।

मिडिया रिपोर्टका अनुसार विभिन्न फ्रेन्चाइजीले रिटेन गर्ने खेलाडीको नाम टुङ्गो लगाउने रणनीतिमा लागेका छन् । 

चेन्नई सुपर किंग्सले महेन्द्र सिंह धोनीसहित कप्तान रुतुराज गायकवाड, रविन्द्र जडेजा, शिवम दुवे र श्रीलंकाका बलर माथीसा पाथिरानालाई रिटेन गर्ने बताइएको छ । यी खेलाडी रिटेन गर्दा चेन्नईले १२० करोडमध्ये ६५ करोड खर्च गर्ने छ । अब बाँकी टिम ५५ करोडमा बनाउनुपर्ने हुन्छ । 

त्यस्तै डिफेन्डिङ च्याम्पियन कोलकोताले सुनिल नारन, रिंकु सिंह, हर्षित राना र वरुण चक्रवर्तीलाई रिटेन गर्ने बताइएको छ । कोलकोताले कप्तान श्रेयस अय्यर र आन्द्रे रसेललाई रिटेन नगर्ने बताइएको छ ।

त्यस्तै लखनउ सुपर जाइन्टले पनि कप्तान केएल राहुललाई रिटेन नगर्ने बताइएको छ ।  लखनउले निकोलस पुरन, मयंक यादव र रवि विश्नोईसहित मोहसिन खान र आयुष बदोनीलाई रिटेन गर्ने भएको छ । त्यसैगरी सनराइजर्स हैदरावादले हेइनरिक क्लासेन, पाट कमिन्स, अभिषेक शर्मा, ट्राभीस हेड र नितिश कुमार रेड्डीलाई रिटेन गर्ने बताइएको छ ।

त्यस्तै गुजरात टाइटन्सले कप्तान शुभमन गील, राशिद खान, साइ सुदर्सन, राहुल तेवटिया र शाहरुख खानलाई रिटेन गर्ने भएको छ ।

त्यसैगरी राजस्थान रोयल्सले सन्जु सामसन, यशस्वी जैसवाल, रियान पराग र सन्दीप शर्मालाई रिटेन गर्ने भएको छ । त्यस्तै विकेटकिपर ब्याट्सम्यान ध्रुब जुरेललाई पनि राजस्थानले रिटेन गर्न सक्ने बताइएको छ ।

त्यसैगरी दिल्ली क्यापिटल्सले कप्तान ऋषव पन्तलाई रिटेन नगर्ने बताइएको छ । दिल्लीले अक्सर पटेल, कुलदीप यादव, ट्रीसटियन स्टबस र अभिषेक पोरेललाई रिटेन गर्ने बताइएको छ ।

त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले विराट कोहली र बलर यश दयाललाई मात्र रिटेन गर्ने बताइएको छ । बैंगलुरुले कोहलीलाई कप्तान बनाउने बताइएको छ ।

त्यसैगरी पञ्जाव किंग्सले पनि अर्शदीप सिंह र शशांक सिंहलाई मात्र रिटेन गर्ने बताइएको छ । 

त्यसैगरी मुम्बई इण्डियन्सले रोहित शर्मा, हार्दिक पाण्डेय, सुर्यकुमार यादव, जसप्रित बुमराहलाई रिटेन गर्ने भएको छ । त्यस्तै मुम्बईले तिलक बर्मा र इशान किशन मध्ये एक जनालाई रिटेन गर्न सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?