काठमाडौँ– प्राय: धेरैका घरमा पालिने जनावर भनेको कुकुर नै होला । कुकुर पाल्न धेरैलाई मन पर्छ ।
मानिसहरूको एकान्तको साथी पनि कुकुरलाई मान्न सकिन्छ । कुकुर पाल्नाले स्वास्थ्य सम्बन्धी अनेकौँ फाइदा गराउनेबारे धेरै अगाडि प्रमाणित भइसकेको छ ।
कुकुर पाल्नेहरू शारीरिक रूपमा बढी सक्रिय हुने हुनाले पनि उनीहरू अरू भन्दा लामो समय बाँच्ने, स्वस्थ जीवन जिउने गरेको बताइएको छ ।
त्यस्तै तनाव कम गर्न मानसिक स्वास्थ्यमा सुधार ल्याउन पनि घरपालुवाहरूले धेरै मद्दत पुर्याउने गरेको पाइएको छ ।
यता रक्तचाप नियन्त्रणमा राख्ने, कोलेस्ट्रोल घटाउने र मुटु सम्बन्धी रोगको जोखिम कम गर्ने लगायतका स्वास्थ्य सम्बन्धी फाइदाहरूबारे पनि पुष्टि भइसकेको छ ।
कुकुर पाल्दा के के फाइदा हुन्छ ?
मुड राम्रो बनाउन साथ दिन्छ ।
बच्चामा हुनसक्ने छालाको रोग जोगाउन सहयोग गर्छ ।
कार्डियोभास्कुलर रोगको जोखिमबाट जोगाउँछ ।
मानिसलाई स्वास्थ्य दैनिकीतर्फ सधैँ प्रोत्साहित गर्छ ।
मानिसलाई सक्रिय बनाउँछ ।
हृदयाघात हुनबाट जोगाउँछ ।
कुकुर पालिएको घरका बालबालिका चलाख हुन्छन् ।
घरमै कुकुर भएपछि परिवारले सुरक्षित महसुस गर्छन् ।
दिक्कलाग्दो वातावरण सिर्जना हुनबाट टाढै राख्छ ।
जोखिममा कुकुरले जीवन बचाउन साथ दिन्छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया