काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले अफगानिस्तानका यु-१९ क्रिकेटर हसन एइसाखिललाई भित्र्याएको छ । १८ बर्षिय ओपनिंग ब्याट्सम्यान हसनलाई एनपीएलका लागि भित्र्याएको चितवनले जानकारी दिएको छ ।
चितवनले भित्र्याएका हसन तेस्रो विदेशी खेलाडी हुन् । हसन अफगानिस्तानका भेट्रान खेलाडी मोहमद नावीका छोरा हुन् ।
यसअघि चितवनले दक्षिण अफ्रिकाका बलर मार्चेन्ट डी लान्ज र इङल्याण्डका लुक बेनकेनस्टिनलाई अनुबन्ध गरेको थियो ।
चितवनका मार्की खेलाडीमा राष्ट्रिय टिमका कुशल मल्ल रहेका छन् ।
आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुने एनपीएलमा विदेशी खेलाडी भित्र्याउनेक्रम जारी रहेको छ ।
अहिले सम्झौता भएका खेलाडी:
काठमाडौँ गुर्खाज
नेदरल्याण्डसका ब्याट्सम्यान माइकल लेभिट
नामिबियाका अलराउन्डर जेरार्ड इरासमस
लुम्बिनी लायन्स
इङल्याण्डका विकेट किपर ब्याट्सम्यान टम मूरेज
अस्ट्रेलियाका अलराउण्डर बेन कटिंग
जनकपुर बोल्ट्स
न्यूजील्याण्डका जिम्मी निशाम
अमेरिकाका जोसुआ ट्रोम्प
पोखरा एभेन्जर्स
वेस्ट इन्डिजका बलर एन्डरसन फिलिप,
नेदरल्याण्डसका ब्याट्सम्यान बास डि लिडे
अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौस
सुदूरपश्चिम रोयल्स
स्कटल्याण्डका ब्याटिंग अल राउण्डर ब्राण्डन म्याकुलेन
पाकिस्तानका ब्याटिंग अलराउण्डर सैफ जैब
बिराटनगर किंग्स
ओमानका कप्तान आकिब इलियास
क्यानडाका लराउण्डर निकोलस किर्टोन
कर्णाली याक्स
पाकिस्तानका अल राउण्डर हुसैन टलात
हङकङका बाबर हायात
चितवन राइनोज
दक्षिण अफ्रिकाका बलर मार्चेन्ट डी लान्ज
इङल्याण्डका लुक बेनकेनस्टिन
अफगानिस्तानका हसन एइसाखिल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया