मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दक्षिणपूर्वी स्पेनमा भिषण बाढी परि ५१ जनाको मृत्यु, भ्यालेन्सियाको अवस्था गम्भीर

काठमाडौँ – भारी वर्षाका कारण स्पेनको दक्षिणपूर्वी क्षेत्रलगायत धेरै क्षेत्रमा बाढी आएको छ । बाढीमा परी मृत्यु हुनेको संख्या ५१ पुगेको प्रशासनले जनाएको छ ।

राहत र उद्धार कार्य जारी रहेको प्रशासनले जनाएको छ । भ्यालेन्सिया सहरमा अवस्था गम्भीर छ । यसैबीच सामाजिक सञ्जालमा धेरै भिडियोहरु बाहिर आएका छन् । यसमा धेरै कारहरु तैरिरहेका देखिन्छन् ।

अर्कोतर्फ, बाढीमा फसेका सयौं मानिसहरूले रेडियो र टिभी स्टेशनहरूलाई मद्दतको लागि कल गरिरहेका बताएका छन् ।

स्पेनको मौसम एजेन्सीले भ्यालेन्सिया सहरमा रेड अलर्ट लागू गरिएको जनाएको छ । अन्डालुसिया सहरमा दोस्रो उच्च सतर्कता घोषणा गरिएको छ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले जनतालाई प्रशासनको सल्लाह पालना गर्न अपिल गरेका छन् । साथै उनले अनावश्यक यात्रा नगर्न पनि आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?