काठमाडाैँ– अभियान साहित्य कलाकार समाजकाे प्रस्तुतिमा हास्य कलाकार घनश्याम गाैतमले ‘माैलिक देउसी भैलाे’ गीत ल्याएका छन् ।
कलाकार गाैतमकाे लेखन रहेकाे गीतमा तिहारकाे माैलिकतासँगै देशकाे समकालीन अवस्था, भ्रष्टाचार र महँगीकाे विषयलाई उठान गरिएकाे छ । गीतमा खगेन्द्र गुरागाई र गाैतमले स्वर दिएका छन् ।
माैलिक देउसी भैलाे गीत लाेप हुँदै गइरहेका समयलाई मध्यनजर गर्दै ५ देखि ८० वर्ष सम्मकाे देउसी टाेलीकाे सहभागिता गराएर माैलिक देउसी भैलाेकै दृश्य परिवेशमा गीत प्रस्तुत गरिएकाे गाैतमले बताए ।
गीतमा सन्चारकर्मी तथा कलाकार शिराेमणि दवाडी र कलाकार नमस्ते दिवाकर घिमिरेले स्वरमा दिएका छन् । गाैतमका अनुसार वरिष्ठ रङ्गकर्मी तथा रङ्गमन्चका धराेहर हरि बहादुर थापाकाे घरमा खिचिएकाे देउसी भैलाेमा रङ्गकर्मी थापाकाे दम्पतीकाे समेत अभिनय रहेकाे छ ।
हास्य कलामा आफूलाई स्थापित गरिसेकेका कलाकार गाैतम नक्कली प्रचण्डका रुपमा लाेकप्रिय छन् । यस अघि उनले तीजकाे माैलिक गीत समेत ल्याइसकेका छन् । यतिबेला क्यान्सरसँग लडिरहेका उनी आफूलाई बलियाे बनाएर कला सिर्जनामा समेत लागिरहेका छन् ।
देउसी भैलाे गीतकाे भिडियाेमा डम्बर घिमिरे, पशुपति दँगाल, सामना सिटाैला, युगज्याेति क्रियाशिल, आइ पि आचार्य, गाेबिन्द निराैला, सुरेश तिमल्सिना, राजु तिमल्सिना, कृष्ण पाैडेल, समीक्षा पाैडेल , बिजेश बेकाेजु, बिष्णु राेक्कालगायत ४० जना कलाकारहरुकाे अभिनय रहेकाे छ ।
गाैतम र दिवाकर घिमिरेकाे परिपल्पना तथा निर्देशन रहेकाे भिडियाेकाे सम्पादन टिकाराम आचार्य र क्यामरामा आचार्यसँगै मदन वस्नेत, निश्चल खड्का छन् ।
भिडियाे :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया