मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बेल्जियमको राजदूतमा सिफारिस लम्सालको नाम समितिबाट अनुमोदित

काठमाडौँ – संसदीय सुनुवाइ समितिले बेल्जियमको राजदूतमा सिफारिस सेवा लम्साललाई अनुमोदन गरेको छ । 

बुधबार भएको लम्सालको सुनुवाइ पछि समितिले उनको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।

सुनुवाइको क्रममा लम्सालले राजदूतको रूपमा आफ्नो योजना प्रस्तुत गर्दै नेपालको राष्ट्रिय हितको संरक्षण, प्रवर्द्धनमा इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

समितिले अनुमोदन गरेसँगै अब उनलाई राष्ट्रपतिले राजदूतमा नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ ।

लम्सालले २०८० मङ्सिर २९ बाट परराष्ट्र सचिवको जिम्मेवारी सम्हालेकी हुन् । परराष्ट्र सचिवको कार्यकाल ५ वर्ष हुन्छ । उमेरका कारण उनी २०८२ असार ५ गतेसम्म परराष्ट्र सचिव हुन पाउने थिइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?