मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मेटाले आफ्नै सर्च इन्जिन ल्याउने

काठमाडौँ – फेसबुकको माउ कम्पनी मेटाले आफ्नै सर्च इन्जिन ल्याउने भएको छ । गुगल र माइक्रोसफ्टमाथिको निर्भरता घटाउन मेटाले यो तयारी थालेको हो । 

द इन्फर्मेसनका अनुसार मेटाको टिमले विगत आठ महिनादेखि आफ्नो च्याटबटका लागि जानकारीहरूको डेटाबेस निर्माणमा काम गरिरहेको छ । 

अहिले इन्स्टाग्राम र फेसबुकमा उपलब्ध मेटाको एआई बटले ताजा घटनाहरू र समाचारहरू सम्बन्धी प्रश्नहरूको उत्तर दिन गुगल र माइक्रोसफ्टको बिङको सहारा लिने गरेको छ । मेटाको नयाँ तयारीले यही परनिर्भरता घटाउन मद्धत गर्ने छ । 

गत हप्ता मात्रै मेटाले समाचार संस्था रोयटर्ससँग बहुवर्षीय सम्झौता गरेको छ । यसले गर्दा मेटाको च्याटबटले उत्तर दिने क्रममा रोयटर्सका समाचारलाई प्रयोग गर्न सक्नेछ । ‍मेटाको यो कदमले पनि सर्च इन्जिन ल्याउने कुरालाई सहयोग पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?