हामी बजारमा खानेकुराहरू किन्दा केही कुरामा ध्यान दिँदैनौ । मात्रै उक्त खानेकुराको प्याकेट सफा भए पुग्छ हामीलाई ।
तर पछिल्लो समय भने सामान बाहिर राखिएको एक्पाएर मिति र तोकिएको शुल्क हेरीन्छ । तर यी दुई कुराहरू मात्रै हेरेर पुग्दैन ।
अखाद्य वस्तु खरिद गर्नबाट जोगिनु छ भने जुनसुकै सामान किन्दा खानेकुराबारे जानकारी पनि उल्लेख गरेको छ कि छैन हेर्नुपर्छ । खानेकुराबारे जानकारी उल्लेख गरिएको सामग्री मात्र गुणस्तरयोग्य मानिन्छ ।
यस्तो जानकारीलाई फुड लेबल भन्ने गरिन्छ । बढ्दो बजारीकरणले बजारमा थुप्रै प्याकेटबन्द र बट्टाबन्द प्रशोधित खाद्यवस्तु बिक्री वितरण भइरहेका देखिन्छन् । यस्ता खानेकुरा स्वादमा मुख लोभ्याउने, तलतल बढाउन नुन, चिल्लो र चिनी प्रशस्त मात्रामा प्रयोग गरिएको हुन्छ ।
तयार गर्न धेरै समय नलाग्ने र प्याकेट खोलेर सिधै खान मिल्ने भएकाले सर्वसाधारण यसप्रति बढी आकर्षित छन् । त्यसमा पनि खाद्यवस्तुहरूलाई लामो समय संरक्षण गरेर राख्न (प्रिजरभेटिभ) प्रयोग भएका हुन्छन् ।
जुन कति मात्रामा प्रयोग गर्न मिल्ने र दैनिक कति मात्रासम्म खान मिल्ने भन्ने मापदण्ड हुन्छ । यद्यपि कतिपय अवस्थामा उत्पादकहरूले तोकिएको मात्रा भन्दा बढी प्रयोग गरेको वा लेबल नै उल्लेख नगरेका सामग्री छ्यापछ्याप्ती छन् । यसकारण सचेत रहन आवश्यक छ ।
खानेकुरामा हालिने कृत्रिम रङ्ग र स्वादबारे राम्ररी पढ्नुपर्छ । आयातित खानेकुरामा अर्ग्यानिक, गैरअर्गानिक परियोजना प्रमाणित गर्ने विश्वसनीय खाद्य सुरक्षा र गुणस्तर छापहरू जस्ता प्रमाणपत्र खोज्नुपर्छ ।
नेपालमा उत्पादित खाद्य सामग्रीको हकमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट जारी विश्वसनीय खाद्य सुरक्षा र गुणस्तर छाप लगायतका उल्लेख गरिएको प्रमाण हेर्नुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया