मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कसरी भयो कागको रङ्ग कालो ? यस्तो छ कथा 

के तपाईँले कहिल्यै सेतो काग देख्नुभएको छ ?  हाम्रो आसपास कालो रङ्गका कागहरू प्रशस्त पाइन्छन् ।  तर भारतको मध्ये प्रदेशमा कहिलेकाहीँ सेतो रङ्गको देखिने गरेको छ । 

यसको अर्थ सेतो काग नै नहुने भन्ने हैन । तर यी एकदमै सीमित सङ्ख्यामा हुन्छन् । यसै सन्दर्भमा आज हामी काग किन सेतो हुन छोड्यो भन्ने बारेमा जानकारी दिनेछौँ ।

यसबारे आफ्नै वैज्ञानिक कारण छ । वैज्ञानिकहरूका अनुसार सेतो काग पनि कालो कागहरू जस्तै हुन्छन्। तर आनुवंशिकता दोष ‘ल्यसीज्मका’ कारण केही कागको रङ्ग सेतो हुने गर्छ ।

वैज्ञानिकका भनाइ अनुसार, संसारमा कागको यति धेरै प्रजाति रहेको छ । जसको शरीरमा कुनै कुनै स्थानमा सेतो रङ्ग रहेको हुन्छ । 

यो त वैज्ञानिक कारण भयो । कागको रङ्गबारे विभिन्न कथाहरू समेत छन् ।  पौराणिक मान्यता अनुसार, पहिले कागको रङ्ग सेतो हुने गर्थ्यो । तर अमृतको लोभ गर्दा यसको रङ्ग कालो हुन पुग्यो ।

मान्यताका अनुसार धेरै लामो समय पहिले ऋषिले एक सेतो कागलाई अमृत खोज्न आदेश दिएका थिए । धेरै मेहनतपछि अमृत फेला पारेको उनले आफैले त्यसको पान गर्‍यो भने  ऋषि भएको ठाउँमा रित्तै फर्कियो । 

ऋषिले अमृत किन नल्याएको भनेर सोध्दा कागले सबै सत्य कुरा बतायो । कागले अमृत पिएको कुरा सुनेपछि ऋषि क्रोधित भएर उसलाई श्राप दिए । त्यही श्रापले कागको चुच्चो अपवित्र मान्न थालिएको मान्यता छ । 

यसबाहेक  ऋषिले कागलाई आफ्नो कुडलीको कालो पानीमा डुबाएर उसको रङ्ग कालो गराइदिए । त्यस पछि काग रङ्ग कालो भएको मान्यता रही आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?