मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विश्वकप लिग-२ : स्कटल्याण्डमाथि नेपालको ५ विकेटको जित

काठमाडौँ–  नेपालले स्कटल्याण्डमाथि जित हासिल गरेको छ । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले स्कटल्याण्डमाथि ५ विकेटको जित हासिल गरेको हो ।

स्कटल्याण्डले दिएको १५५ रनको लक्ष्य पछाएको नेपालले २९.५ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

नेपालको जितमा आरिफ सेखले अर्धशतकीय पारी खेलेका थिए भने गुलशन झाले २५ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेलले २५, आसिफ सेखले २१ र अनिल शाहले १३ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले ४१.४ ओभरमा अल आउट हुँदै १५४ रन बनाएको थियो । स्कटल्याण्डका लागि मार्क वाटले सर्वाधिक ३४ रन बनाएका थिए ।

त्यस्तै नेपालका बलर सन्दीप लामिछानेले ३ विकेट लिएका थिए भने करण केसी, सोमपाल कामी र गुलशन झाले २-२ विकेट लिए भने आरिफ सेखले एक विकेट लिएका थिए ।

खेलमा अर्धशतकीय पारी खेलेका आरिफ सेख खेलको प्लेयर अफ द म्याच बनेका थिए ।

लिग-२ मा नेपालले ७ हारपछि दोस्रो जित हासिल गरेको छ । योजितपछि नेपालको १० खेलमा ५ अंक भएको छ र लिगमा सातौँ स्थानमा रहेको छ । त्यस्तै स्कटल्याण्डको ९ खेलमा ११ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ ।

अब सिरिजमा नेपालले आगामी शनिबार अमेरिकासँग खेल्ने तालिका छ भने सोमबार स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?