मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बान्द्रेले ल्याए सिरियल ‘मेरी आम्मै’

काठमाडौं– टेलिसिरियल ‘मेरी बास्सै’बाट चर्चामा आएका कलाकार सुरोज चपागाईं ‘बान्द्रे’ले नयाँ सिरियल ल्याउने भएका छन् ।

बान्द्रले ल्याउन लागेको सिरियल ‘मेरी आम्मै’ हो । आगामी शनिबार कात्तिक १७ बाट उक्त सिरियलको प्रशारण उनले जनाएका छन् ।

त्यस सिरियल बान्द्रेकै लेखन र निर्देशन रहने बताइएको छ । यस सिरियलमा मेरी बास्सैकी मैयाँ सुनीता गौतमको पनि अभिनय रहने छ । ‘मेरी बास्सै’मा बान्द्रे र मैयाँ दिदी–भाइको भूमिकामा थिए ।

बान्द्रेका अनुसार उनको नयाँ सिरियल आफ्नै युट्युब च्यानल ‘बान्द्रे नारायण’बाट प्रसारण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?