मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाल र बंगलादेशबीच हुने फाइनल खेलको टिकट एन्फा आफैँले बेच्ने, सीमित दर्शकले मात्रै हेर्न पाउने

काठमाडौँ- साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेलको टिकट अनलाइन किन्न नपाइने भएको छ । आगामी बुधबार त्रिपुरेश्वरको दशरथ रंगशालामा आयोजना हुन लागेको नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट अखिल नेपाल फुटबल संघ एन्फाले आफैँ बिक्री गर्न लागेको हो ।

फाइनल हेर्न चाहने दर्शकले बुधबार बिहान तोकिएका स्थानमा आफैँ उपस्थित भएर टिकट किन्न पाउनेछन् । रंगशालाको दर्शक क्षमता १५ हजार जना भएपनि एन्फाले फाइनलका लागि केबल ११ हजार टिकट मात्र बिक्री गर्ने जनाएको छ ।

यसअनुसार साधारणतर्फ १० हजार र भीआईपीतर्फ १ हजार टिकट बिक्री गरिनेछ । आइतबार सम्पन्न नेपाल र भारतबीचको सेमिफाइनल खेलमा क्षमताभन्दा बढी टिकट बेचेको भन्दै आलोचना भएपनि टिकट व्यवस्थापनको जिम्मा एन्फा आफैँले लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?