मानव शरीरभित्र भएका रोग पत्ता लगाउन होस् या हड्डीको अवस्थाबारे थाहा पाउनका लागि । चिकित्सा क्षेत्रमा भिडियो एक्स–रेको महत्त्वपूर्ण भूमिका छ । शरीरको आन्तरिक रोग पत्ता लगाउन भिडियो एक्स–रेको उत्तिकै प्रभावकारिता रहे पनि यसबाट निस्किने विकिरणले जोखिम हुने भन्दै दीर्घ रोगी र गर्भवतीले जथाभावी भिडियो एक्स–रे गराउनु हुँदैन ।
भिडियो एक्स–रे विभिन्न अवस्थामा गराइन्छ । यस्तै, गर्भावस्थाको समयमा पनि भिडियो एक्स–रे को सहायताले गर्भमा रहेको भ्रुणको अवस्था चेकजाँच गरिन्छ । गर्भाअवस्थामा बढीमा चारपटकसम्म भिडियो एक्स–रे गराइन्छ । गर्भावस्थामा एक्स–रे गराउँदा ध्यान के कुरामा ध्यान दिनुपर्छ भन्ने सन्दर्भमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.कीर्तिपाल सुवेदीसँग जोय नेपालको लागि सुस्मिता फुयाँलले गरेको कुराकानी:
भिडियो एक्स–रे कस्तो प्रविधि हो?
स्वास्थ्य उपचार गराउँदा रोग पत्ता लगाउने एक विधि हो भिडियो एक्स–रे । एक्स–रे एउटा किरण (रे) हो, जसले शरीरभित्रको रोग पत्ता लगाउन सहयोग गर्नुका साथै शरीरमा केही मात्रामा हानी पनि गर्छ । एक्स–रे गर्दा यसबाट निस्किने विकिरणमा शरीरभित्रको कोषिकालाई निष्क्रिय गर्ने तथा मार्ने तत्व हुन्छ
गर्भावस्थाको समयमा भिडियो एक्स–रे जाँच गराउँदा बुझ्नुपर्ने कुराहरु के–के छन् ?
गर्भावस्थाको तीनवटा त्रैमासिक हुन्छ पहिलो, दोस्रो र तेस्रो । गर्भावस्थामा गरिने एक्स–रेले पहिलो त्रैमासिकमा नकारात्मक असर गर्न सक्छ । यसबेला गर्भभित्र भ्रुणको विकास भइरहने भएकाले भ्रुणको मुख्य अंग र प्रणालीहरू बनिरहेका हुन्छन् । यस्तो अवस्था एक्स–रे गर्दा त्यसबाट निस्किने विकिरणको असरले भ्रुणको विकासमा समस्या ल्याउन सक्छ ।
किनकि एक्स–रेबाट निस्कने विकिरणले भ्रुणभित्र विकास भइरहेको कोषिकालाई निष्क्रिय गर्ने तथा मार्ने काम गर्छ । त्यस कोषिकाको विभाजनमा असर गर्ने, विभाजन भएको कोषिका पनि नराम्रो गर्छ । जसकारण भ्रुणको शारीरिक तथा मानसिक वृद्धि विकासमा असर गर्छ । जन्मजात अपाङ्गता हुने, शिशु जन्मिसकेपछि वृद्धि विकासमा ढिलाइ हुने समस्या हुनसक्छ । ढिलो बोली फुट्ने, ढिलो हिँड्ने पनि हुनसक्छ ।
एक्स–रेका कारण कहिलेकाहीँ गर्भपातको जोखिम हुन्छ, जुन गर्भवतीको पहिलो त्रैमासिकमा बढी हुन्छ भने तुलनात्मक रुपमा गर्भावस्थाको दोस्रो र तेस्रो त्रैमासिकमा गर्भपात हुने जोखिम कम हुन्छ । त्यस्तै, दोस्रो र तेस्रो त्रैमासिकमा भ्रुणको वृद्धि विकास भइरहेको हुनसक्छ । यसबेला पहिलो त्रैमासिक भन्दा यी त्रैमासिकमा जोखिम कम भएपनि एक्स–रे विकिरणको कारण गर्भभित्रको भ्रुणलाई क्यान्सर जस्ता गम्भीर रोगको पनि जोखिम हुनसक्छ । तर यसो भन्दैमा एक्स–रे गर्दैमा गर्भभित्रको भ्रुणमा असर गर्छ नै भन्ने होइन । यो गर्भवती महिलाको स्वास्थ्य र एक्स–रेको मात्रा अनुसार फरक–फरक हुन्छ । साथै विकिरणले पुर्याउने जोखिम पनि मानिसअनुसार फरक हुन्छ । जति धेरैपटक एक्स–रे गर्यो, उति जोखिम हुने सम्भावना बढ्छ । पेट र पाठेघर नजिकैको भागमा एक्स–रे गर्नुपर्दा अझ बढी जोखिम हुन्छ । एक्स–रेबाट निस्किने विकिरणले सिधै गर्भभित्रको भ्रुणलाई असर गर्नसक्छ भने हातखुट्टामा गर्दा कम असर पुर्याउँछ ।
धेरै एक्स–रे कुन बेला गराउनु बढी जोखिम हुन्छ ?
एक्स–रे गर्ने क्रममा विभिन्न कुरालाई ख्याल राख्नुपर्छ । गर्भअवस्थामा त सकेसम्म एक्स–रे नगर्नु नै राम्रो हुन्छ । किनकि यसले गर्भभित्रको भ्रुणलाई नकारात्मक असर गर्न सक्छ । त्यस्तै, गर्भावस्थामा एक्स–रेबाट निस्किने उच्च प्रकाशको विकिरण अर्थात् रेडिएसनको कारण गर्भभित्रको भ्रुणको वृद्धि विकासमा समस्या आउन सक्छ, जसकारण जन्मजात अपाङ्गता हुने, जन्मिसकेपछि शिशुमा ढिलो वृद्धि विकास हुने तथा गर्भपातको जोखिम समेत बढाउन सक्छ । विकिरणको कारण कोषिका क्षति हुने सम्भावना हुनसक्छ ।
एक्स–रेको जोखिम के–कस्ता छन् ?
सामान्यतया एक्स–रेहरू सबै उमेरका मानिसका लागि सुरक्षित र प्रभावकारी हुन्छन् । तर यदि गर्भवती हुने सम्भावना छ भने एक्स–रे गर्नुपूर्व चिकित्सकलाई भन्नुपर्ने हुनसक्छ । किनकि, एक्स–रेबाट आउने विकिरणले भ्रुणलाई नोक्सान पुग्न सक्छ । गर्भवती भएमा कम हानी भएमा एमआरआई वा अल्ट्रासाउन्ड गर्न सकिन्छ ।
एक्स–रे मार्फत के–के पहिचान गर्न सकिन्छ ?
खासगरी एक्स–रेको प्रयोग भाँचिएको हड्डीको पहिचान गर्न, दुखाइ र सुन्निएको लक्षणको कारण पत्ता लगाउन गर्ने गरिन्छ । त्यस्तै शरीरमा अन्य बाह्य वस्तुको पहिचान गर्न र हड्डी, जोर्नी वा जोर्नीसँग टाँसिएको नरम मासुको संरचनात्मक समस्यालाई पत्ता लगाउन पनि प्रयोग गरिन्छ । त्यति मात्र नभएर क्यान्सर र अन्य रोगको लागि पनि नियमित परीक्षण आवश्यक हुनसक्छ ।
हानीबाट कसरी सुरक्षित रहने ?
बिरामीअनुसार एक्स(रे)को डोज फरक–फरक हुन्छ । त्यसैले गर्भावस्थामा एक्स(रे) गर्नैपर्ने अवस्थामा पेटमा लिड एप्रोन लगाएर एक्स(रे) गर्न सकिन्छ । यसले गर्भको भ्रुणलाई एक्स(रे)बाट निस्किने विकिरणबाट जोगाउँछ ।
त्यस्तै, गर्भधारणको योजना बनाइरहेको अवस्थामा कहिलेकाहीँ महिनावारी रोकिएको दुई(चार दिन मात्र भएको छ भने गर्भवती भए नभएको जाँच गरेर मात्र एक्स(रे) गर्नुपर्छ । किनभने यसले गर्दा भ्रुणमा नकारात्मक असर हुनसक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया