मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भाइमसलामा प्रयोग हुने मखाना स्वास्थ्यको लागि कति फाइदाजनक?

काठमाडौँ– मखानामा फाइबर र प्रोटिन प्रशस्त मात्रामा पाइन्छ, यसका अलावा यसमा धेरै महत्त्वपूर्ण मिनरल्स पाइन्छ । यस्तो अवस्थामा यसले हामीलाई धेरै फाइदा दिन्छ जसका कारण यसलाई ‘सुपरफुड’ पनि भनिन्छ ।

मखानालाई ड्राई फ्रुटको श्रेणीमा राखिएको छ, यसको दैनिक सेवन गर्नु शरीरका लागि निकै फाइदाजनक मानिन्छ । मखानामा धेरै पोषक तत्वहरू पाइन्छ, जसले स्वास्थ्यलाई राम्रो बनाउन मद्दत गर्छ। यो ड्राई फ्रुटलाई फक्स नट पनि भनिन्छ, यिनीहरु सेतो रङको र आकारमा निकै सानो हुन्छन् ।

धेरै प्रकारका पौष्टिक तत्वले भरिपूर्ण मखाना खान निकै स्वादिष्ट र कुरकुरा हुन्छ । मखानाको पौष्टिकताको कुरा गर्ने हो भने यसमा २० प्रतिशतसम्म फाइबर र १२ ग्रामसम्म प्रोटिन हुन्छ । यसबाहेक खनिजमा १५ प्रतिशत म्याग्नेसियम, १० प्रतिशत भिटामिन ‘बी’, १० प्रतिशत फस्फोरस, १२ प्रतिशत पोटासियम र ५ प्रतिशत आइरन पाइन्छ ।

मखाना खानुका फाइदाहरूको बारेमा कुरा गर्ने हो भने यसमा प्रशस्त मात्रामा फाइबर हुने भएकाले यसले पाचन प्रणालीलाई राम्रो बनाउँछ । यसमा ओमेगा–३ फ्याटी एसिड पनि पर्याप्त मात्रामा पाइन्छ, जसले मुटुलाई स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्छ । मखनामा पाइने फाइबर र प्रोटिनले तौल घटाउन र मधुमेह नियन्त्रण गर्न फाइदाजनक हुन्छ ।

यसमा भिटामिन ‘बी’ र भिटामिन ‘ई’ पनि पाइन्छ, जुन छाला र कपालको लागि राम्रो हुन्छ। मखाना खानुका धेरै फाइदा भएका कारण यसलाई सुपरफुड पनि भनिन्छ । मखाना खानुका फाइदाहरू थाहा भएका व्यक्तिहरूले यसलाई दैनिक प्रयोग गर्नुहोस्। सामान्यतया मानिसहरुले यसलाई बिहान र बेलुका खाजाको रुपमा खाने गर्छन् । तर, मखानालाई सलाद, स्मूदी र मिठाईमा मिसाएर पनि खाइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?