मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बिहान उठ्दा आँखामा किन कचेरा देखिन्छ ?

सुतेर बिहान उठ्ने बेलामा प्रायः सबैको आँखाको कुनामा सेतो कचेरा परिरहेकै हुन्छ । कसैको आँखामा धेरै हुन्छ भने कसैकोमा थोरै । 

यो आँखाबाट निस्केको आँसु धुलो, फोहर र आँखाको ढकनीका मरेका कोषहरू मिलेर बनेको हुन्छ । ‘प्लीका सेमी लुनारिस’ नामक आँखाको भागले हर समय कचरा बनाउने तरल पदार्थ ( आँसु) निकालिरहेको हुन्छ ।

तर आँखा झिमझिम गर्दा यो जम्मा हुन नपाई पखालिन्छ । तर जब हामी सुतेका हुन्छौँ, आँखा झिम झिम हुदैन् र यो तरल पदार्थ आँखाको कुनामा जम्मा भई जम्न पुग्दछ । बाहिरको धुलो, फोहर र मरेको कोषले यसलाई जम्न अझ मद्दत गर्छ । जसबाट हरेक दिन बिहान उठ्दा आँखामा कचरा देखिन्छ ।

हरेक व्यक्तिमा प्लीका सेमीलुनारीसले फरक फरक मात्राको तरल निकाल्ने हुँदा कचराको मात्रा पनि व्यक्तिपिच्छे फरक फरक हुन्छ ।

आँखामा कचेरा नै आएन भने आँखामा सङ्क्रमण भई आँसु निस्किने नली बन्द भएको हुन सक्छ । जसले गर्दा आँखा सुख्खा हुन नदिन निस्किने तत्त्वहरू बाहिर निस्कन पाउँदैन र आँसु आँखाभित्र नै जम्मा हुन्छ । 

जसले गर्दा आँखा सुख्खा हुन्छ । त्यसले आँखा चिलाउने, सुन्निने र आँखाभित्र डल्लो पलाउने जस्ता समस्या देखिन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?